सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • १५ दिने मिथिला माध्यमिकी परिक्रमा शुरु

१५ दिने मिथिला माध्यमिकी परिक्रमा शुरु

335
Shares
१५ दिने मिथिला माध्यमिकी परिक्रमा शुरु

जनकपुरधाम | मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा शुरु भएको छ।

आइतबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका-८ मा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमा शुरु भएको हो।

मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा श्रद्धालु जम्मा भएका छन्।

मिथिला माहत्म्यका अनुसार मिथिलामा बृहत्, मध्यमा र अन्तरगृहसहित तीनवटा परिक्रमा हुन्छ। मध्यमा र अन्तरगृहमा लाखौँको सहभागिता हुने गरेको छ।

नेपालको १०७ किलोमिटर र भारतको २६ किलोमिटरसहित कुल एक सय ३३ किलोमिटरको परिक्रमाको प्रारम्भ कलाणेश्वरबाट हुन्छ।

परिक्रमाको पहिलो दिन फाल्गुण शुक्ल प्रतिपदाका दिन भक्तजन कलाणेश्वर पुग्छन्। एकरात पहिले नै अमावस्या (औँसी) दिन जनकपुरको हनुमान नगरमा मिथिला बिहारीको डोलासँगै राति विश्राम गर्ने परम्परा छ।

हनुमान नगरबाट कलाणेश्वर १३ किलोमिटर उत्तर–पूर्वी क्षेत्रमा पर्छ। कलाणेश्वरबाट गिरिजास्थान डोला पुग्छ। १२ किलोमिटर दूरीमा रहेको सो स्थानमा त्रेतायुगमा भगवान राम र जानकीको पहिलो भेट भएको मानिन्छ।

चौथो बास महोत्तरीको मटिहानीमा हुन्छ। पाचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनमा हुन्छ। यस्तै नवौँ दिन क्षीरेश्वरनाथ महादेवको दर्शन गर्दै पर्वता, दशौँ दिन धनुषाधाम, एघारौँ दिन सतोषर, बाह्रौँ दिन औरही, तेह्रौँ दिन करुणा, चौधौँ दिन बिसौल हुँदै कलाणेश्वरमा पुगेर परिक्रमाको पुर्णाहुति हुन्छ।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्री पूर्णिमा तिथिमा मिथिला बिहारी र किशोरीजी भगवानको डोलासहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरू अन्तरगृहमा सहभागी हुन्छन् ।

भगवान् गणेशद्वारा तीन भुवनको परिक्रमाको क्रममा पार्वती र महादेवलाई गरिएको परिक्रमालाई उत्सवका रूपमा मनाइन्छ।

335
Shares

ट्रेन्डिङ