सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • युवा सङ्घः असन्तुष्ट समूहबाट छुट्टै महाधिवेशन गरिने चेतावनी

युवा सङ्घः असन्तुष्ट समूहबाट छुट्टै महाधिवेशन गरिने चेतावनी

2785
Shares
युवा सङ्घः असन्तुष्ट समूहबाट छुट्टै महाधिवेशन गरिने चेतावनी

युवा सङ्घ नेपालले सङ्घ र पार्टी नेतृत्वलाई पार्टीको विधान र नियमावलीबमोजिम सङ्घ सञ्चालन गर्न माग गरेको छ । सङ्घका उपाध्यक्ष दिलकुमारी पन्तले सङ्गठनको आन्तरिक विवादलाई न्यूनीकरण गरी एकता सुदृढ गर्न विधानानुसार सङ्घ सञ्चालन गर्नुपर्नेमा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जोड दिनुभयो ।
निर्धारित समयमा सङ्घको महाधिवेशन गर्न नसक्ने समूहलाई गुटका आधारमा सङ्घ सञ्चालन गर्न दिन नहुने बताउँदै उहाँले ‘नियमावली विपरीत गठित अन्तर जिल्ला कमिटी विधान विपरीत रहेकाले’ त्यसको छानबिन गर्न माग गर्नुभयो ।
सङ्घका सचिव नरेशकुमार शाहीले पार्टी विधानानुसार जनसङ्गठनलाई पार्टीले प्रत्यक्ष रुपमा नेतृत्व गर्ने सम्पर्क मञ्च र कमिटी गठन गर्न प्रतिबन्ध गरेका अवस्थामा सो विधान प्रतिकूल हुने क्रियाकलाप विपरीत प्रोत्साहन दिने कार्य केही गुट तथा समूहले गरेको जनाउँदै त्यसको अन्त्य गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।
एक साताभित्र सो प्रक्रिया नसच्याएमा आगामी वैशाख ९ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गरिने चेतावनी दिइएको छ । सङ्घका अध्यक्ष राजीव पहारी नेतृत्वको अर्को समूहले पनि सोही समयमा मकवानपुरमा अधिवेशन गर्नका लागि तयारी सुरु गरेको छ । रासस

2785
Shares

ट्रेन्डिङ