होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • प्रम प्रचण्डको नयाँ योजना, कमल थापा उपप्रधानमन्त्री

प्रम प्रचण्डको नयाँ योजना, कमल थापा उपप्रधानमन्त्री

प्रम प्रचण्डको नयाँ योजना, कमल थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बन्ने भएका छन् ।
नेता थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्नेछन् । साँझ साढे ६ बजे सपथ राखिएको छ । राप्रपाबाट दुईजना मन्त्री थपिए पछि मन्त्रिपरिषद सदस्यको संख्या ४५ पुगेको छ ।
अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् । माओवादीको सिफारिसमा मन्त्री भएका पाण्डेलाई विना विभागीय मन्त्री बनाउने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
यद्यपि प्रधानमन्त्रीसँग पशुपक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै छ । यस्तै राप्रपाबाट नयाँ थपिने मन्त्रीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
यो मन्त्रालय अहिले नेपाली कांग्रेसको भागमा छ र, जीवनबहादुर शाही मन्त्री छन् । सम्भवत शाहीलाई पनि फिर्ता नबोलाई अर्को जिम्मेवारी दिइनेछ ।
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णयलाई संविधान संशोधनका लागि दुई तिहाई बहुमत पुर्‍याउने योजनाको रुपमा लिइएको छ । मधेसी मोर्चाको माग सम्बोधनका लागि भन्दै सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गराए पनि प्रक्रिया अघि बढेको छैन ।अनलाइनखबरको सहयोगमा

ट्रेन्डिङ