सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • को बन्लान् काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रका सभापति ?

को बन्लान् काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रका सभापति ?

5820
Shares
को बन्लान् काभ्रे काँग्रेसको संघीय निर्वाचन क्षेत्रका सभापति ?

 

भोली नेपाली काग्रेस काभ्रेको संघीय निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ ।

काभ्रेमा दुई वटा संघीय निर्वाचन क्षेत्र छन् । दुबै क्षेत्रमा भोली अधिवेशन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अधिवेशनमा मुध र शिव प्यानलका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन क्षेत्र नम्बर १ मा शिव प्यानलबाट सभापतिमा दिनेश लामाको टोली घोषणा गरिएको छ । शिव प्यानलबाट सचिबमा किशोर गिरी र विद्या सागर लामा, सहसचिबमा पदम बहादुर लामा र गणेश अधिकारी रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा मधु प्यानलले उम्मेदवारी घोषणा गरेको छैन् । तर पनि भोली सर्वसम्मत नेतृत्व भने निर्वाचन क्षेत्र नम्बर १ मा पाउने छैन् । निर्वाचन क्षेत्र नम्बर २ शिव प्यानलबाट सभापतिमा सुन्दरमणी आचार्य र मधु प्यानलबाट महेश खरेल भिड्दैछन् ।

शिव प्यानलबाट सचिबमा राम जोशी र आनन्द सापकोटाको उम्मेदवारी परेको छ । १० गते जिल्ला सभापतिका लागि अधिवेशन हुने छ । अहिलेसम्म जिल्ला सभापतिका लागि तीर्थ लामाको मात्रै उम्मेदवारी परेको छ । अधिवेशनमा २५ सय ४३ प्रतिनिधि सहभागि हुनेछन् ।

 

 

5820
Shares

ट्रेन्डिङ