सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • केन्यामाथि नेपालको शानदार जित

केन्यामाथि नेपालको शानदार जित

5115
Shares
केन्यामाथि नेपालको शानदार जित

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले सात विकेटले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई दोस्रो म्याचमा हराउन सफल भएको हो ।
उत्कृष्ट बलिङ तथा कप्तान ज्ञानेन्द्र र दीपेन्द्र सिंह एरीले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले आइसिसी डब्लुसिएल अन्तर्गत बंगलादेशमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुने सम्भावना बढेको छ ।
नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । नेपालको लागि दीपेन्द्र एरीले सर्वा्धिक ६२ रन बनाए । उनले एक छक्का समेत प्रहार गरे। यस्तै कप्ता ज्ञानेन्द्र मल्ल ६४ रनमा नटआउट रहे ।
१४ रन हुँदा चौथो ओभरमा २ विकेट गुमाएको नेपालको इनिङ्स कप्तान ज्ञानेन्द्र र दीपेन्द्रले सम्हालेका थिए । ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि १११ रनको साझदारी गरेका थिए ।

5115
Shares

ट्रेन्डिङ