• होमपेज
  • गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । नमुना मध्यवर्ती सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी कावासोती नगरपालिका–७ रामनगर टोल बस्ने ४७ वर्षीया कुमारीदेवी महतो बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गत चैत ८ गते घरबाट वनमा घाँस–दाउरा काट्न गएकी महतो दुई दिनसम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । खोजी गर्ने क्रममा महतो वन क्षेत्रमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको प्रकृति हेर्दा महतोलाई गँैडाले आक्रमण गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । महतो घरदेखि दुई किमीको दूरीमा पर्ने जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका