सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • उपत्यकामा असिनासहितको भारी वर्षा

उपत्यकामा असिनासहितको भारी वर्षा

3110
Shares
उपत्यकामा असिनासहितको भारी वर्षा

काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा साँझ असिनासहितको भारी वर्षा भएको छ । स्थानीय वायुको प्रभावका कारण लामो समयदेखि विकास भएको प्रणालीले बदलीसँगै असिना र वर्षा गराएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाको उत्तरतर्फको भेगमा भारी असिना वर्षात् भएको छ । खासगरी देशका मध्य र पश्चिमी पहाडी भेगमा बदली रहने मौसमविद् श्रेष्ठको भनाइ छ ।
स्थानीय वायुको प्रभावका कारण असिनासहितको वर्षात् भएको र यो प्रणाली उत्तरबाट दक्षिणतर्फ झर्दै गरेकाले सोको असर देखिएको हो ।
काठमाडौँ उपत्यकाको अधिकतम २३ र न्यूनतम तापक्रम १२ डिग्रिसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

3110
Shares

ट्रेन्डिङ