सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आइपिलको पहिलो खेलमा सनराइल हैदरवाद विजयी

आइपिलको पहिलो खेलमा सनराइल हैदरवाद विजयी

4180
Shares
आइपिलको पहिलो खेलमा सनराइल हैदरवाद विजयी

भारतको चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)े यस वर्ष दश साल आपकी नाम भन्ने मुल नारा लिएर शुरु भएको दशौं संस्करण अन्र्तगत बुधबार (हिजो) भएको पहिलो खेल सनराइन हैदराबाद र रोयल चेलेन्जर्स बैङ्लोरबीच भएको खेलमा सनराइज हैदरावादले ३५ रनले विजयी हासिल गरेको छ ।
आइपिएल क्रिकेट सन् २००८ देखि सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग भएको थियो ।
उद्घाटन खेलमा बैंग्लोर विराट कोहली बिना मैदान उत्रिएको थियो । हैदरावाद भने डेविड वार्नरको कप्तानीमा मैदान उत्रिएका थिए । बैंग्लोरको कप्तानी सेन वाट्सनले गरेका थिए ।
पहिलो व्याटिङ सुरु गरेको सनराइज हैदरवादले आफ्ना प्रतिद्धन्द्धी टीम रोयल चेलेन्जर्स बैङ्लोरका कप्तान बिराटकोहोली नखेल्दा सनराइज हैदरावादलाई फाइदा पुगेको रोयल चेलेज्र्स बैङ्लोरका समर्थकहरुको भनाई छ ।
आइपिएलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ ।
हिजो बुधबार राती नेपाली समय ८ः१५ बजे हैदरावादको राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा खेलको उद्घाटन गरिएको थियो ।
विगतका वर्षहरुमा झै केही न केही विवादमा पर्ने गरेको यस आइपिएल प्रतियोगिताको यसपटक भने विवादरहित बनाउन पहल गरिने आयोजकको विश्वास छ ।

4180
Shares

ट्रेन्डिङ