सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एकै दिन तोलामा ५ सय सस्तियो सुन

एकै दिन तोलामा ५ सय सस्तियो सुन

4070
Shares
एकै दिन तोलामा ५ सय सस्तियो सुन

नेपाली बजारमा बिहीबार एकै दिन सुनको भाउ प्रति तोला ५ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ५३ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ ५४ हजार ३ सय रुपैयाँ थियो । यो साताको पहिलो दिन आइतबार ५४ हजार ९ सय रुपैयाँ प्रतितोला रहेको सुनको भाउ क्रमश घट्दै आएको छ ।
सोमबार ५४ हजार ७ सय, मंगलबार ५४ हजार ४ सय, बुधबार ५४ हजार ३ सय र आज ५३ हजार ८ सय रुपैयाँमा सुनको कारोवार भइरहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ७ सय ५५ रुपैयाँ रहेको चाँदी आज ७ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ । स्थानिय निकायको चुनावी प्रक्रिया सुरु भइसकेकाले पनि मानिसहरु यतिवेला सुनमा लगानी गर्न चाहादैनन् ।
खरिदकर्ता कम हुनु तथा अन्तर्राष्ट्रिय वजारमा समेत सुनको मुल्यमा कमी आएकाले नेपाली वजारमा समेत सुनको भाउ घटेको व्यवसायीको भनाइ छ । माग र आपुर्तीवीचको अन्तरले नै अन्तर्राष्ट्रिय वजारमा सुनको मुल्य निर्धारण हुने गरेको उनीहरु वताउँछन् ।

4070
Shares

ट्रेन्डिङ