सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

2975
Shares
बन्दुक र स्टेरिङपछि स्थानीय सत्ता

जेठ ७, रुकुम । बन्दुकको नालबाट सत्ता कब्जा गर्ने स्कुलिङका कारण मुसिकोट नगरपालिका ८ उदिनढुंगाका बुद्धिप्रसाद बुढा तत्कालिन माओवादीले थालेको सशस्त्र युद्धमा होमिए । २०५५ देखि २०६२ सम्म भएका अधिकांश लडाइँमा उनको सहभागिता केहीमा बाहेक छुटेको छैन । जुम्ला सदरमुकाम कब्जाका क्रममा छातीमा १ र बायाँ हातमा ४ गोली लागेर पनि उनले लड्न छाडेनन् ।
बटालियन कमान्डर रहेका उनी अन्य लडाकुसँगै क्यान्टोनमेन्टमा बसे । समायोजनपछि स्वैच्छिक अवकासमा निस्किए । आजको कान्तिपुरमा यो खबर छ ।ऋणधन गरेर किनेको ग १ ज २२८० नम्बरको गाडी ४ बर्ष चलाएका बुढाको हातमा अब सिंगै वडा ड्राइभ गर्ने जिम्मेवारी आएको छ । ३५ बर्षीय बुढालाई मुसिकोट नगरपालिका वडा नम्बर ८ का मतदाताले वडाध्यक्षमा जिताएका छन् ।

2975
Shares

ट्रेन्डिङ