सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलमा पोलमा बाँधेर कुकुरको हत्या प्रकरण, प्रहरी भन्छ–‘अनुसन्धान गर्दैछौँ’

धुलिखेलमा पोलमा बाँधेर कुकुरको हत्या प्रकरण, प्रहरी भन्छ–‘अनुसन्धान गर्दैछौँ’

37920
Shares
धुलिखेलमा पोलमा बाँधेर कुकुरको हत्या प्रकरण, प्रहरी भन्छ–‘अनुसन्धान गर्दैछौँ’

काठमाडौं, ३१ चैत: धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर ह”त्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घ’टना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको ह’त्या गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मा’र्नेलाई कारवाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेका छन् । प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ । ‘सडक कुकुरलाई मारेको भनिएको छ’ जिल्ला प्र’हरी कार्यालय काभ्रेका प्रवक्ता (डिएसपी) हरि खतिवडाले भने–‘हामी अनुसन्धान गरिरहेका छौँ ।’

८ वर्षको बालकलाई टोकेपछि उनका आफन्तले कुकुर मा’रेको भनिएको छ । चैत २९ मा जनावर प्रेमी सिर्जना पञ्जिायर सहिको समूह र बनेपाको नेशनल एनिमल रिसर्च सेन्टरले कुकर मार्नेलाई कारवाही गर्नका लागी प्र’हरीमा उजुरी दिएका छन् ।

कुकुरको ह’त्या गरेको भिडियो भाइरल भएपछि काठमाडौँबाट गएको एउटा समूहले कुकुरले टोकेको बच्चा बस्ने घरमा तोडफोड गरेका छन् । बालकको बुवा विदेशमा छन् । आमासँग बस्ने बालकलाई सो समूहले अमानवीय व्यवहार गर्दै घरको सिसा फुटाएको डिएसपी खतिवडाले बताए ।

‘कुकुर मा’र्ने मान्छे निकाल’ भनेर बालकलाई अमानवीय व्यवहार गरेर तोडफोडमा उत्रिएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । तोडफोड गर्ने समूहबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । कुकुरको हत्या गर्नेलाई ५ हजार जरिवाना र १ महिना कैद हुने कानुनी व्यवस्था छ ।

साभार: रातोपाटि

37920
Shares

ट्रेन्डिङ