काभ्रे : नेपाली काँग्रेसको महाधिवेशनका लागि काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिको उम्मेदवारी घोषणा भएको छ ।
महाधिवेशनको सरगर्मी बढिरहेको बेला काभ्रे क्षेत्र नं २ बाट महेश खरेलले उम्मेदवारीको घोषणा गरेका हुन् ।
निष्ठाको राजनीतिलाई स्थापित गराउन साथहिरुले आग्रह गरेपछि आफूले उम्मेदवारीको घोषणा गरेको उनले बताए ।
उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, संगठनमा सुदृढीकरणका लागि सबैको समन्वयमा लोकतन्त्र रक्षाका लागि निरन्तर लागिरहने समेत बताएका छन् ।
पाँचखाल नगरपालिकाका मेयर समेत रहेका खरेलले उम्मेरदवारी घोषणा गर्न उत्साह र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रतिनिधि सभा क्षेत्र नं २ को सभापतिको बनाउन आफ्नो अमुल्य मत दिई सहयोग गर्न पनि आग्रह गरेका छन् ।