काभ्रे : जिल्ला प्र ह री कार्यालय काभ्रेले जिल्लामा सञ्चालन हुने सवारी साधनहरुको यान्त्रीक परिक्षणलाई निरन्तरता दिएको छ ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत सवारी साधनको यान्त्रिक अवस्थाबाट हुने सवारी दु र्घ ट ना न्युनिकरण गर्ने उदेश्यले यान्त्रीक चेकजाँच गरि समयमै सवारी साधन मर्मत गर्न परामर्श दिएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्र ह री कार्यालय धुलिखेल काभ्रे र जिल्ला ट्राफिक प्र ह री कार्यालय बनेपा, काभ्रेको संयुक्त आयोजनामा कार्यालय प्रमुख प्रमिला श्रेष्ठको उपस्थितिमा भएको एक कार्यक्रमका बिच मेकानिक्सहरुले सवारी साधनको यान्त्रीक चेकजाँच गरेका थिए ।
उनीहरुले ब्रेकको अवस्था, टाईरेड, लाईट, टायरमा हावाको मात्रा र ईन्जिनको जाँच गरेका थिए । सोही क्रममा सवारी धनिलाई समयमा नै सवारी साधन मर्मत गर्न परामर्श गरीएको काभ्रेका प्रमुख प्र ह री उपरिक्षक भुपेन्द्र बहादुर खत्रीले जानकारी दिए ।