सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बागमतीमा ६७ करोडका योजना थप

बागमतीमा ६७ करोडका योजना थप

235
Shares
बागमतीमा ६७ करोडका योजना थप

 हेटौंडा । बागमती प्रदेश सरकारले ६७ करोड बराबरका ४३७ वटा टुक्रे योजना थपेको छ । 

१६३ वटा योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्ने गरी ३२ करोडको योजना थप भएर आएको हो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ र २० चैतमा दुई पटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणाली (पीएलएमबीआईएस)मा प्रविष्ट गर्न पत्राचार गरेको छ ।

आर्थिक मामिला मन्त्रालयसँग चालूतर्फ ३ अर्ब २७ करोड १३ लाख ८३ हजार ८५ र पुँजीगततर्फ ९९ करोड ३६ लाख २० हजार बजेट छ । थपिएकामध्ये ३२ करोडका मात्रै पूर्वाधारका योजना छन् ।

सबै टुक्रे योजना भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित छन् ।

खानेपानी ऊर्जा तथा सिंचाइमा खानेपानीका योजना, तरकारी बजार व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापनका टुक्रे योजना छन् । भौतिकमा सडक स्तरोन्नती तथा निर्माण, भवन, कुलो, कल्भर्ट, मन्दिर, आर्यघाट निर्माण तथा मर्मतका लागि योजना छ ।

पर्यटन मन्त्रालयमा संस्कृति तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, मन्दिर संरक्षणका कार्यक्रम, गुठी, पाटी, सत्तल, विहारका निर्माण तथा स्तरोन्नती, बाल उद्यान पार्क निर्माण गर्ने लगायतका योजना थप भएको  छ ।

साथै, विद्यालय सभाहल निर्माण, शौचालय निर्माण, सानाखालका खेल पूर्वाधार, फर्निचर खरिदलगायतका पनि योजना थपिएको छ । वन तथा वातावरण मन्त्रालयको नदी नियन्त्रण तथा वाल निर्माण, शिवपुरी जंगल सफारीका लागि पूर्वसम्भाव्यता अध्ययन गर्ने, रानीवनमा टुरिजम पार्क बनाउनेलगायतका साना योजना समावेश छन् ।

235
Shares

ट्रेन्डिङ