सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • सैं पनि एमालेकी गायिका प्रिया भण्डारीले गरिन विवाह

सैं पनि एमालेकी गायिका प्रिया भण्डारीले गरिन विवाह

4365
Shares
सैं पनि एमालेकी गायिका प्रिया भण्डारीले गरिन विवाह

 

बुटवल । लोकगापियका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् ।

सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् । तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो ।

नेकपा विभाजनको बेला ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने बैकुण्ठ महत र उनको स्वर रहेको गीत पनि लोकप्रिय बनेको थियो । पछिल्लो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सार्वजनिक भएको बैकुण्ठ भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि उनले स्वर दिएकी छन् ।

पाल्पाका प्रभात अधिकारीसँग उनको आइतबार विवाह भएको हो । प्रियालाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायत बुटवल पुगेका थिए ।

4365
Shares

ट्रेन्डिङ