सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • दसैँमा ५ लाख मूल्य बराबरको मूढा बिक्रि गर्ने तयारीमा कैदीबन्दी

दसैँमा ५ लाख मूल्य बराबरको मूढा बिक्रि गर्ने तयारीमा कैदीबन्दी

945
Shares
दसैँमा ५ लाख मूल्य बराबरको मूढा बिक्रि गर्ने तयारीमा कैदीबन्दी

तनहुँ । जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन्, कैदीबन्दी । त्यसका लागि केही दिनदेखि उनीहरु मूढा बुन्ने काममा व्यस्त छन् ।

बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् ।

प्रमुख अधिकारीले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा बिक्री गरेर दसैँंमा घरखर्चसमेत पठाउने गरेका छन् ।”

कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि रु एक हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए । उनका अनुसार दसैँंमा रु पाँच लाख बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनले भने, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दसैँंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।”

कारागारमा दुई ब्लकमा दुई सय ८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् ।

कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई-तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् ।

945
Shares

ट्रेन्डिङ