सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाजसेवी रामकृष्णद्वारा गौरीशंकर बालगृहका बालबालिकालाई न्यानो ब्लाङकेट वितरण

समाजसेवी रामकृष्णद्वारा गौरीशंकर बालगृहका बालबालिकालाई न्यानो ब्लाङकेट वितरण

3875
Shares
समाजसेवी रामकृष्णद्वारा गौरीशंकर बालगृहका बालबालिकालाई न्यानो ब्लाङकेट वितरण

युवा समाजसेवि रामकृष्ण सिवाकोटीको सहयोग गौरीशंकर बालगृहका बालबालिका लागि १८५ थान न्यानाे ब्लाङकेट बितरण गरिएकाे छ।

नेपाली कांग्रेस दोलखाका युवा नेता गोपि शिवाकोटीको प्रमुख आतिथ्यतामा युवा समाजसेवि रामकृस्ण सिवाकोटीले आइतबार एक कार्यक्रका बिच दोलखामा रहेको गौरीशंकर बालगृहका बालबालिका लागि १० थान र बाँकी बिपन्न परिवार गरि कुल १ सय ८५ थान न्यानाे ब्लाङकेट बितरण गरेका हुन् ।

समाजसेबी रामकृष्ण सिवाकोटिको ब्यक्तिगत लागतमा गरिएको सहयोग कार्यक्रम्मा कालिन्चोकगाउँपालिका विपन्न परिवारलाई र बालगृहका बालबालिकालाई चिसो बढेको हुँदा जाडो बाट जोगिन बालबालिका ब्लाङकेट वितरण गरिएको शिवाकोटी जानकारी दिए।

कालिन्चोक गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका विपन्न, गरिबी अ पां गलाई ब्यक्तिहरूलाइ चिसाेकाे माैसममा क ष्ट क र जिबनयापन नहाेस भन्ने हेतुले न्यानाे ब्लाङ्केट बितरण गरिएकाे समाजसेवी रामकृष्ण सिवाकोटीले बताए ।

आर्थिक अभाबका कारण चिसाेका कारण काेहि कालिन्चाेक गापाका नागिरकहरूकाे मृत्यु नहाेस र कष्ट कर जीवन जिउन नपराेस भन्ने हेतुले ब्लाङ्केट बितरण गरिएकाे भन्दै स्थानियहरूले खुसि ब्यक्त गरेका छन् ।

शिबाकाेटीले को रोना महामारीमा समेत खाद्यान्न,माक्स, स्यानिटाईजर देखि सार्वजनिक शैचालय निर्माणमा आर्थिक सहयोग गर्दै आएका थिए । उनको यो सामाजिक कार्यले गर्दा आम युवालाई समेत प्रोत्साहान मिलेको चैतर्फी चर्चा सुन्न थालिएको छ ।

ब्लाङ्केट बितरण नेता गोपि सिवाकोटीको प्रमुख अथित्यतामा समपन्न भएकाे थियाे ।कार्यक्रममा कालिन्चाेक गापा वडा नम्बर १ का अध्यक्ष बाबुलाल थामीले सहयाेगि मनहरूलाइ धन्यबाद ब्यक्त गरेका थिए । रामकृस्ण सिवाकोटिको जस्तो मन र कर्म गर्न अब आम युवाले गर्न जरुरी रहेको समेत बताए ।

यो सहयोग सङै थुप्रै सहयोग गर्दै चर्चामा रहेका रामकृष्ण भने आफू अत्यन्तै खुसी भएको र अझ थप सहयोगका कार्य अगाडि बडाउने आगामी दिनमा समेत सोचीरहेको समेत सिवाकोटीले सबैको समाचारलाई बताएका छन।

3875
Shares

ट्रेन्डिङ