सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेका सिडियो र एसपीद्वारा प्रहरी ईकाइमा छड्के निरीक्षण

काभ्रेका सिडियो र एसपीद्वारा प्रहरी ईकाइमा छड्के निरीक्षण

7300
Shares
काभ्रेका सिडियो र एसपीद्वारा प्रहरी ईकाइमा छड्के निरीक्षण

 

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्र ह री कार्यालय काभ्रेका प्र्रमुख चक्रराज जोशीले निरीक्षण गर्नुभएको छ ।

सिडियो पाण्डे र एसपी जोशीले ईलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी कटुन्जे, भकुण्डे, अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङ्गको स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा सिडियो पाण्डेले आवश्यक निर्देशन समेत दिनुभएको छ ।

प्र हरी ईकाइहरुमा कार्यरत प्र हरी अधिकृत तथा जवानहरुलाई कोभिडको बिषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।

त्यस्तै आफु बस्ने प्र ह री ईकाइ र प्रहरी कर्मचारीहरुको सरसफाईमा विशेष ध्यान पुर्याउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिनुभएको हो ।

सिडियो पाण्डेले कुनै पनि प्रकारको प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानुनी क्रियाकलापमा प्र हरी कदापी संलग्न नहुने र संलग्न भएको अवस्थामा त्यस्ता प्र हरी कर्मचारीहरुलाई ऐन र कानूनको अधिनमा रही हदै सम्मको कारवाही हुने चेतावनी समेत दिनुभएको छ ।

प्रहरी प्रमुख जोशी जिल्लाको शान्ति सुरक्षाको अवस्थितिलाई सुदृढ गर्न हरेक प्र हरी कर्मचारीहरुलाई आ–आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी गैह्र कानूनी क्रियाकलापमा संलग्न भई प्र हरी संगठनको छविमा आँच आउने प्रकृत्तिको कुनै पनि काम कारवाही भएको पाईएमा त्यस्ता प्र ह री कर्मचारीहरुलाई निर्ममता पुर्वक कारवाही गरिने बताउनुभएको छ ।

 

7300
Shares

ट्रेन्डिङ