सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आज र भोलि वर्षाको सम्भावना

आज र भोलि वर्षाको सम्भावना

3010
Shares
आज र भोलि वर्षाको सम्भावना

 

काठमाडौं, ८ फागुन: पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतवार र सोमवार पहाडी भू-भागमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

 

आइतवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने जनाइएको छ।

 

राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने महाशाखाले अनुमान गरेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतः सफा रहनेछ।

 

सोमवार पहाडी भू-भागमा सामान्य बदली रही पहाडी भू-भागको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

3010
Shares

ट्रेन्डिङ