अरनिको राजमार्ग अन्तर्गत काभ्रेको साँगा खण्ड तनावग्रस्त भएको छ ।
हिजो राती सवारी साधनको ठक्करबाट नि ध न भएकाको आफन्तहरुले राजमार्ग अवरुद्ध पारेका हुन् ।
हिजो मध्य राती सवारी साधनको ठ क्क रबाट बनेपा नगरपालिका वडा नम्बर १४ का ३२ बर्षीय विशाल तामाङको मृ त्यु भएको थियो ।
सवारी साधनको ठक्करबाट तामाङको मृ त्यु भएको बताइए पनि ठ क्क र दिने सवारी साधन भने अहिलेसम्म पत्ता लागेको छैन् । ठ क्क र दिने सवारी साधनको खोजी भइरहेको प्र ह रीले जनाएको छ ।
आफन्तहरुले दोषीलाई कारबाही र क्ष तिपूर्तीको माग राख्दै राजमार्ग अवरुद्ध परेका हुन् । सडक अवरुद्ध हुँदा राजधानी प्रवेश गर्ने र राजधानी बाहिरिने सयौँ सवारी साधन बीच सडकमै अलपत्र परेका छन् ।
सयौँ यात्रु हिडेर गन्तब्यमा पुग्ने कोशिस गरिरहेका छन् । ठूलो संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ । प्र ह रीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।