सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सुनको मूल्य बढ्दा घट्यो चाँदिको मुल्य

सुनको मूल्य बढ्दा घट्यो चाँदिको मुल्य

440
Shares
सुनको मूल्य बढ्दा घट्यो चाँदिको मुल्य

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ७००, तेजावी सुनको मूल्य १ लाख २० हजार १०० र चाँदीको मूल्य १ हजार ४७५ रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५००, तेजावी सुन १ लाख १९ हजार ९०० र चाँदीको मूल्य १ हजार ४८५ रुपैयाँ तोकिएको थियो ।

440
Shares

ट्रेन्डिङ