युवा नेता राजु सुनुवार र सञ्चारकर्मी सुदर्शन बजगाइको अग्रसरतामा भएको भ्रष्टाचार मुक्त गोकर्णेश्वर नगरपालिका कार्यक्रमको लोकप्रियता बढ्दो छ । दिन प्रतिदिन सहयोगीका साथ र साहसको त कुरै नगरौं ।
यसै कार्यक्रमलाई निरन्तरता दिदै पुष ४ गते सोमबारका दिन गोकर्णेश्वर नगरपालिकाको १६ वटा वडाको ५ वटा संयुक्त वार्ड कार्यालयमा भ्रष्टारविरुद्ध लेखिएका सन्देशमुलक व्यानरहरु लगाउने र दवाव मूलक ज्ञापन पज्ञ बुझाउने कार्य सम्पन भएको छ ।
कार्यक्रम विहान ११ बजे जोरपाटी चोकमा रहेको संयुक्त वडाको कार्यालयबाट सुरु भई क्रमशः १२ बजे गोकर्ण, १ बजे बालुवा, २ बजे नयाँपाटी र अन्तिम दिउँसो ३ बजे सुन्दरीजलमा रहेको संयुक्ता वडा कार्यालयमा दबाब मुलक ज्ञापन पत्र बुझाईएको थियो ।
यस अघि गोकर्णेश्वर नगरपालिकाका कार्यकारी प्रमुख इन्द्र कुमारी थपलियालाई बुझाइएको १० बुँदे ज्ञापन पत्रलाई गम्भिर ढंगले नलिएको युवा नेता राजु सुनाले बताए । हाम्रो मागलाई गम्भिर ढंगले नलिएका कारण हामीले यस कार्यक्रमलाई निरन्तरताका साथै संयुक्त वडा कार्यलयहरुमा ज्ञापन–पत्र बुझाएका हौं । सुनाले थपे ।
नगरपालिकामा बढ्दै गइरहेको भ्रष्टाचार, ढिलासुस्ती र कर्मचारीतन्त्रका बिरुद्ध सुनार र गुरागाईंको संयुक्त अग्रसरतामा भइरहेको कार्यक्रममा दिन प्रतिदिन जनसहभागिता बढ्दै गएको छ । गोकर्णेश्वर नगरपालिकामा सेवा लिन आएका एक सेवाग्राही भन्छन्ः– यस्तो कार्यक्रमलाई सबैलै साथ र सहयोग दिनुपर्छ ।
सबैले अलि अलि पैसा त होनि भन्दै दिदै गर्नाले आज यो अवस्था आएको बताउछन् । उनी । नाम नखुलाउने सर्तमा हामीले सोध्यौं तपाईले चै केही दिनुभयो । जवाफमा उनले भनेः– मैले त केही दिइन तर मेरो काम भने ३ दिन भयो अड्केको आज ४ दिन दिनकै आएको छु । मेरो पसलको व्यापार छाडेर ।
उनी जस्तै धेरै सेवाग्राहीहरु छन् । सबैले आ–आफ्नो काम धन्दा छोडी केही समयको लागि नगरपालिका धाउने तर उनीहरुलाई के थाहा नगपालिकामा भइरहेको अनियमितता बारे । एक काम पनि ठिकसँग भएको छनै ।
सेवाग्राही हैरान भएका छन् । कहिले यो त कहिले त्यो पेपर भए यो पेपर भएर । नपुगेको कामगपत्र त एकैपल्ट भनिदिनु नि । यो यो चाहिन्छ भनेर । किन दुःख दिने हामी नगरवासीहरुलाई सुनार बताउछन् ।
यो सरासर अनियमितता गर्ने शैली नै अपनाएका हुन । उनीहरुले यस्तो कार्य अब बन्द हुनुपर्छ । कर्मचारीको अभाव भए कर्मचारी थप्न पर्यो होइन भने काम छिटो र छरितो रुपमा सम्पन्न हुन पर्छ । १० बुँदे ज्ञापन पत्रलाई फितलो ढंगले हेरिएको दावी गर्नै सुनाले थपेः– हाम्रो यो मागलाई गम्भिरताका साथ लिइएन भने हाम्रा आगामि कार्यक्रमहरु अझ सशक्त ढंगबाट अगाडि बढ्नेछ ।