सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले त्यागे एमाले

बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले त्यागे एमाले

19835
Shares
बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले त्यागे एमाले

काभ्रे : काभ्रेको व्यापारिक नगर बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादेले पार्टी त्यागेको घोषणा गरेका छन् । उनले आज बनेपाको एक होटलमा पत्रकार सम्मेलन गरेर नेकपा एमाले त्यागेको घोषणा गरेका हुन् ।

सो सँगै वादेले मेयर पद पनि सोमबार कार्यालय खुले पछि राजिनामा गर्ने वताए । उनले नेकपा एमालेको साधारण सदस्य समेत नरहने घोषणा समेत गरेका हुन् । आफुलाई पाटि बाट धोका दिएको र आम नगर वासीलाई समेत धोका दिने उमेद्वार प्रस्तुत गरेको हुनाले आफ्नो अमुल्य मत नदिन् समेत अपिल गरेका छन् ।

बनेपा नगर प्रमुखका लागि नेकपा एमालेका नगर कमिटि अधक्क्ष समेत रहेका रत्न कुश रंजित र अनेम संग काभ्रेकी अधक्क्ष विमला सापकोटा रहेका छन् । बादेले पत्रकार सम्मेलनमा हालका उमेद्वार र पुर्व संचार मंत्री गोकुल बास्कोटालाई समेत आफुलाई धोका दिएको वताए ।

मेयर बादे सहित उनको परिवारका अन्य ४ सदस्यले समेत एमालेको साधारण सदस्य समेत नहरने गरि त्यागेका हुन् । एमाले काभ्रेका इन्चार्जसमेत रहेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बास्कोटाले आफूलाई अन्तिम समयमा धोका दिएको बादेले बताए ।

‘टिकटको बारेमा गोकुलजीसँग कुरा गर्दा तपाई नै हो, तपाईं नै भन्ने कुरा भयो, तर पछि मेरो फोन नउठाउने, भेट्नै नखोज्ने गर्न थाल्नुभयो,’ बादेले भने, ‘तर तपांई नै भनेर मलाई झुक्याउनु भएको रहेछ, मलाई आश्वासन मात्र दिइएको रहेछ ।’ सल्लाह गरेको भए आफू मान्ने पक्षमा भएको उनले बताए ।

मेयरका लागि बादेसहित ९ जनाको नाम सिफारिस भएको थियो । एमालेले नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितलाई मेयर र उपमेयरमा अखिल नेपाल महिला संघ काभ्रेकी अध्यक्ष विमला सापकोटा दाहाललाई उम्मेदवार बनाएको छ ।

बादेले टिकट पाउने रञ्जितले पनि आफूलाई धोका दिएको बताए । ‘एमाले नगर कमिटीको अधिवेशनमा उनलाई अध्यक्ष बनाउने बेलामा तपाई नै मेयर हो भनेका थिए, पछि पनि ठूलोबा नै हो भन्दै आएका थिए,’ बादेले भने, ‘उनीबाट पनि बेइमानी भयो, १८ वर्षसँगै काम गरेका मान्छेलाई धोका दिनेले नगरवासीका लागि काम गर्न सक्दैनन् ।

पूर्व एसएसपीसमेत रहेका बादे राप्रपाबाट एमाले प्रवेश गरेका थिए । एमाले बनेपा नगर कमिटीका पूर्वअध्यक्ष रहेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

२०७४ सालको स्थानीय तह चुनावमा सूर्य चुनाव चिन्हबाट मेयर जितेका उनी एमालेले पार्टी हित विपरित काम गरेको भन्दै एमाले त्यागेको घोषणा गरेका हुन् ।

19835
Shares

ट्रेन्डिङ