सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • पृथ्वी राजमार्गमा सडक भाँसिदा यात्रु अलपत्र

पृथ्वी राजमार्गमा सडक भाँसिदा यात्रु अलपत्र

3445
Shares
पृथ्वी राजमार्गमा सडक भाँसिदा यात्रु अलपत्र

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङआँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ।

अविरल वर्षापछि गए राति सडक भासिएको हो।

भासिएको सडकबाट सवारी साधन कट्न सक्ने अवस्था छैन। मुश्किलले मानिसहरू ओहोरदोहोर गर्न सक्छन्।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साँखरमा सडक नै पहिरिएर मर्स्याङ्दीमा खसेको छ।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन्।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले जानकारी दिए। करिब २० मिटर सडक भाँसिएको छ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिँदा राजमार्ग अवरूद्ध रहेको बताए।

मुग्लिङतर्फबाट तनहुँ, गोरखा, लमजुङ, कास्कीलगायत क्षेत्रमा जाने यात्रु सडकमै अलपत्र छन्।

तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सडक भाँसिएको क्षेत्र अवलोकनका लागि इन्जिनियरको टोली पठाइएको बताए।

सडक भासिएको ठाउँमा एउटा गाडी देखिएको प्रहरीले बताएको छ। यसमा कति यात्रु थिए र उनीहरूको अवस्था के छ भन्नेबारे प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

बुधबार राति चितवनको इच्छाकामना गाउँपालिकास्थित सडकमा पहिरो खस्दा बिहीबार अबेर मात्रै सडक पुनस् सञ्चालनमा आएको थियो।

काठमाडौंबाट गन्तव्यमा गएका र काठमाडौं भित्रने यात्रुहरू वर्षापछि पहिरोले सडक अवरूद्ध हुँदा दुई दिनसम्म सडकमै अलपत्र परेका छन्।

3445
Shares

ट्रेन्डिङ