सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पार्टि होइन म वडा बनाउने छु :-गाउँपालिका वडाध्यक्ष भण्डारी

पार्टि होइन म वडा बनाउने छु :-गाउँपालिका वडाध्यक्ष भण्डारी

5400
Shares
पार्टि होइन म वडा बनाउने छु :-गाउँपालिका वडाध्यक्ष भण्डारी

 झापा गाउँपालिका वडा नम्बर-६ का राप्रपा नेपालका उमेद्वार भबिन्द्र भन्डारी संग सबैको समाचारकर्मीले गरेको कुराकानी :
नमस्कार यहाँ लाई सबैको समाचार डट कममा स्वागत छ ।
नमस्कार,हजुरलाई धेरै धेरै धन्यबाद अनलाईन जगतको लोकपिर्य अनलाइनमा आफ्ना केही कुरा राख्ने अबसर दिनु भएकोमा।
राप्रपा नेपालले आफुलाइ जनप्रतिनिधीको रुपमा उभियाउदा कस्तो महसुस गर्नु भएको छ ?
मलाई मेरो पार्टी ले यस गाउँ पालिका को संबेदनसिल ठाउँ वोड़ा नम्बर ६ बाट जिम्बेबारी दिदा ठुलै जिम्बेबारी आएको महसुस गरेको छु।
यस वडाका वडाबासी सामु भोट माग्न जादा कस्तो एजेन्डा लिएर जानू हुदैछ?
मेरा प्रमुख एजेन्डा नै भ्रष्टचारमुक्त समाजको निर्माण,संस्कार युक्त राजनिती र आर्थिक पारदर्शिता हुन।यी कुरा पूरा भयो भने वडा बिकासको कार्यदिसामा लम्कन्छ भन्ने मेरो बुझाइ छ।यिनै मेरा सिदान्त हुन।मैले वडाबासी सामु पनि यही कुरा राख्या छु।
अहिले तपाइले भनिएका एजेन्डा पूरा गर्नु हुन्छ त ?
अबश्य गर्छु,मैले मेरो जिम्बेवारीको बोध गर्या छु।वडाबासीको बिश्वासलाइ ठेस लाग्न दिनेछैन।
यस वडाका प्रमुख समस्या बाटो,खानेपानी,सिचाइ हुन नी?यसलाइ कसरी लिनु भएको छ ?
यिनै कुरालाइ मैले गम्भिररुप मा लिएको छु।मैले माथी पनि कुरा उठाए आर्थिक पारदर्सिताको।म वडाका बृहत् समस्यालाइ संबन्धित निकायमा कुरा उठाएर साबधानका लागि ठोस कदम चाल्न लगाएर वडाबासीका समस्यालाइ निर्मुल पार्नेछु।
पार्टीको घोषणापत्र बारे तपाइको राय के छ ?
पार्टी र पार्टीको घोषणापत्र देखि अलिक माथी उठेर जनप्रतिनिधीको रुपमा काम गर्नेछु।म पार्टी भन्दा पनि पहिले जनता हु।पार्टी होइन म गाउँपालिकाको यस वडालाई बनाउनेछु।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
वडाबासीले जस्लाई भोट दिए पनि वडाका समस्याहरु निर्मुल हुनु पर्छ भन्ने मेरो धारणा हो। धन्यबाद यहालाई

हजुरलाई पनि धन्यबाद

5400
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर