सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • “हेल्थ एसिस्टेन्ट र फिजियोथेरापी अध्ययन गर्ने विद्यार्थीले बेरोजगार बस्नु पर्दैन” : विश्वनाथ अधिकारी

“हेल्थ एसिस्टेन्ट र फिजियोथेरापी अध्ययन गर्ने विद्यार्थीले बेरोजगार बस्नु पर्दैन” : विश्वनाथ अधिकारी

2500
Shares
“हेल्थ एसिस्टेन्ट र फिजियोथेरापी अध्ययन गर्ने विद्यार्थीले  बेरोजगार बस्नु पर्दैन” : विश्वनाथ अधिकारी

काभ्रे हेल्थ ईन्स्टिच्युटमा पछिल्ला गतिवधि के के हुँदै छन् ?
२०७६ सालपछि सिटिईभिटीबाट हामीले स्वीकृति गरेका कार्यक्रमहरु सञ्चालन गर्न सकेका थिएनौं । राष्ट्रिय स्तरबाट नै सिएमए एएनएम कार्यक्रम सञ्चालन गर्दै आएको त्यो चाहीँ राष्ट्रिय स्तरमै हटाउने कुरा गरिसकेपछी स्तरउन्नति गर्ने मौका दिएको थियो । त्यसक्रममा सिएमएको सट्टामा सिटिइभिटिको डिप्लोमा लेभवलको स्वास्थ्य सम्बन्धि ३ वर्षे हेल्थ एसिस्टेन्ट कार्यक्रमलाई स्तरउन्नतिमा प्रस्तावनामा हामीले राख्यौँ । अनमीको सट्टामा सिटिइभिटिकै स्वास्थ्य सम्बन्धि ३ वर्षे हेल्थ एसिस्टेन्ट र फिजियो थेरापी कार्यक्रमलाईे प्रस्तावनामा हामीले राख्यौँ । यी दुबै कार्यक्रम स्वीकृति भएर आएपछी यो वर्ष हामीले सिटिभइभिटीको ३ वर्षे डिप्लोमा लेभलको यी स्वास्थ्य सम्बन्धि कार्यक्रम राख्ने तयारी गरिरहेका छौँ ।

यसको भविष्य र क्षेत्र कस्तो छ ?
क्षेत्रको कुरा गर्नुपर्दा जेनेरल र टेक्निकल एजुकेसनगरी २ भागमा विभाजन गरेको पाउछौँ । प्राविधिक शिक्षामा हामी गइसकेपछी विद्यार्थीले उसले सीप हासिल गर्नुहुन्छ । त्यो सीप हासिल गरेर जीवनमा अगाडी बढ्ने एउटा मौका मिलोस् र विद्यार्थीलाई जीवनयापन गर्नको लागि सहज होस् भनेर सिटिइभिटीले प्राविधिक शिक्षालाई अगाडी राखेको छ । उनिहरुले विभिन्न क्षेत्रमा जस्तै, ईन्जिनियरिङ, मेडिकल, कृषि, कम्प्युटर लगायत धेरै क्षेत्रहरुमा प्राविधिक शिक्षालाई अगाडी रोखेको छ । यो अन्र्तगत हामी मेडिकल एजुकेशन अन्र्तगत हेल्थ एसिस्टेन्ट र फिजियो थेरापी कार्यक्रम राखेका छौँ । यी दुई कार्यक्रम पढेर विद्यार्थीहरुले सीप हासिल गरिसकेपछी, हेल्थ एसिस्टेन्ट पढ्ने विद्यार्थीहरुले विरामीहरुलाई जाँच्ने विभिन्न ल्यावको रिपोर्टको आधारबाट र पछिपछि रेडियोग्राफिको आधारबाट विरामीहरुलाई के भएको छ भन्ने कुरा पत्ता लगाएर बिरामीहरुलाई कस्तो खालको औषधी सेवन गर्ने हो वा त्यो रोगबाट बच्न के गर्न सकिन्छ भन्ने कुरा सिक्नुहुन्छ ।

गाउँ ठाउँमा यस्ता खालका जनशक्तिको धेरै अभाव भइरहेको छ । मेडिकल क्षेत्रमा यस्ता हेल्थ एसिस्टेन्टको जनशक्तिले सरकारी क्षेत्रमा आवद्ध भएर होस्, नीजि क्षेत्र वा आफैँले नै पनि कुनै व्यवसाय सञ्चालन गरेर होस् उहाँहरुले जीविकोपार्जन गर्न सकिन्छ । त्यसैगरी हामी फिजियो थेरापीको सन्र्दभमा भर्खर भर्खर सुरुभएका कोर्सहरु सिटिईभिटिले ल्याएको हो । विगत २-३ वर्ष अगाडीदेखी केही कलेजलाई निवेदन दिएर यस्तो कोर्स ल्याएको छ यसमा ४० वटा सिट छ भनेर अघि बढेको छ । हेल्थ एसिस्टेन्ट र फिजियो थेरापीमा चाहीँ धेरै प्रचार नभएको कारण विद्यार्थीहरुको पनि उपस्थिति पुगेको छैन । अर्को भनेको १४ वटा जति कलेजहरुलाई फिजियो थेरापीको कोर्स दिएको छ । करिब ५ सय ६० जना जतिको फिजियो थेरापीको कोटा सिटिइभिटिले निर्धारण गरेको छ । अब यसमा विद्यार्थी पढ्न आए भने अवको ३ वर्षको वार्षिक उत्पादन राम्रो नै हुन्छ । ३-४ सय जना फिजियो थेरापीको कोर्स रहेको छ । यो फिजियोको जनशक्ति धेरै नै अभाव भइरहेको छ । फिजियो थेरापी पढेर जाने जनशक्तिले सरकारी र नीजि क्षेत्रमा वा आफैँले पनि फिजियो थेरापी सेन्टर खोलर अगाडी बढ्न सक्ने सम्भावना छ । त्यसकारण यो प्राविधिक शिक्षा अरु साधारण शिक्षाभन्दा अलि फरक छ भन्ने लाग्छ मलाई ।

सरकारको १२ कक्षासम्मको कोर्स एउटा छ । त्यसलाई पनि प्रविणता तह बराबरकै एउटा श्रेणीमा राखियो भने तपाईहरुले पढाएको ३ वर्षे कोर्सलाई पनि त्यही वा सो सरह राख्दा विद्यार्थीको थप एक वर्ष ल्याप्स भयो नि त ।

यो एउटा चाहीँ समस्याको विषय देखिरहेको छ । हामीले ११-१२ कक्षालाई साधारण शिक्षामा लिएर गइरहेका छौँ । तर ११-१२ कक्षाका विद्यार्थीहरुले पढेर गइसकेपछी उनिहरुले माथिल्लो तहका विभिन्न मेडिकल, ईन्जिनियरिङ लगायतका डिप्लोमा लेभलका कार्सहरुमा अगाडी बढ्न पाउने मौका देखिररहेको छ । हुन त यो फिजियो थेरापी डिप्लोमा लेभव वा तहका विद्यार्थीहरुलाई दिएको ३ वर्षको समय एक वर्षको समयमा लगभग ६ महिनाजति ओजेटी गरेको हुनाले १ वर्ष बढी समय अबधी बढी गएको देखिन्छ ।

तर जुन प्राविधिक विषय उनीहरु पढिरहेका छन् त्यो विषयमा विद्यार्थीहरु एकदमै योग्य र दक्षता हासिल गरेर आउन् । प्रयोगात्मक फिल्डमा कस्तो छ भन्ने सबै कुरा बुझेर काममा फर्किउन् भन्ने उद्देश्यले सिटिइभिटीले ३ वर्ष बनाएको छ । यसलाई ल्याप्सको रुपमा लिनु मिल्दैन । यिनिहरुले पनि भोली स्नातक तहमा विभिन्न विषयमा अध्ययन गर्न पाउने मौकाहरु छदैँछ ।

जुनसुकै विश्वविद्यालयका माथिल्लो तहमा जुन कोर्स राखिएको छ त्यहाँ उहाँहरु जान पाउनुहुन्छ । तर ल्याप्स भएको अबधिमा उनिहरुले आफुले आफ्नो दक्षता वृद्धी गर्नको लागि उनिहरुले त्यो सयम प्रयोगमा ल्याएका छन् । जस्तो हेल्थ एसिस्टेन्टकै कुरामा जो विद्यार्थीलाई हामीले २ वर्ष मात्र पढाएका छौँ त्यो विद्यार्थीले त्यति दक्षता हासिल गर्न सक्दैन ।

जबकी ३ वर्षमा जाँदा प्रयोगात्मक फिल्डमा उसले एक वर्ष समय बिताउछ त्यो समयमा उसले धेरै ज्ञान सिकेर मान्छेको जिन्दगीसँग खेल्ने खालको विषय भएकाले उसले राम्रोसँग दक्षता लिएर गयो भने कसमसेकम ऊ जो मान्छेलाई उ बचाउन गइरहेको छ त्यसमा सफलता हासिल गर्न सकोस् । यसकारण सिटिइभिटिले प्राय प्राविधिक शिक्षाका सबै कोर्सहरु ३ वर्ष बनाएको छ । तर लेभव प्रविणता प्रमाण पत्र तह नै हो ।

तपाईहरुकोमा इन्ट्रान्स दिएर नाम निस्कियो भने मात्र पढ्न पाईन्छ । अनि कक्षा ११ र १२ मा अलि अगाडी नै भर्ना सुरु भइदिन्छ । नाम निस्किएन भने के गर्ने भनेर विद्यार्थीहरु सिधै कक्षा ११ र १२ तिर मोडिदै गर्दा तपाईको कार्यक्रमहरु कतै असफल त हुने होइन ?

अहिले देखिरहेको समस्या त्यही छ । चिकित्सा शिक्षा आयोग, सिटिइभिटी यी दुई संस्था आएको छ । चिकित्सा शिक्षा आयोगले नियमन गर्ने संस्थाको रुपमा बनेको छ । कोटा निर्धारण गर्ने संस्थाको रुपमा बनेको छ । सिटिइभिटीले चाहीँ चिकित्सा शिक्षा आयोगले यो निर्देशन दिएको छ त्यो पालना गर्ने संस्थाको रुपमा रहेको छ । विद्यार्थीहरुको इन्ट्रान्स परिक्षा लिने, अरु परिक्षा लिने उनिहरुलाई प्रमाणपत्र वितरण गर्ने किसिमको काम रहेको छ । संस्थाहरुको निरिक्षण गर्ने । त्यसको प्रतिवेदन बनाएर चिकित्सा शिक्षा आयोगलाई बुझाउने यस्तो किसिमको काम भइरहेको छ । २ वटा संस्थाको तालमेल नमिलेर अहिले यस्तो अवस्थाको सिर्जना भएको हो ।

उहाँहरुले प्लसटुसँगै तुरुन्तै इन्ट्रान्स परिक्षाको कुरा गर्नुभयो भने विद्यार्थीहरुमा त्यस्तो भावना आउदैन थियो । कोटा फिक्स हुन्छ, कोटामा नाम निक्लेन भने प्लसटु पनि पढ्न नपाईने हो की भन्ने किसिमको केही तालमेल मिलेको छैन । आगामी दिनहरुमा यस्तो किसिमकोे तालमेल मिल्छ की । यो ठूलो समस्याको रुपमा आइरहेको छ । अहिले पनि हेर्ने हो भने प्लसटुको भर्ना लगभग सक्किसकेको छ ।

सिटिईभिटीको इन्ट्रान्स परिक्षा भाद्रको २ र ६ गते रहेको छ । उनिहरुको नतिजा आउदा १० गतेसम्म लाग्ला । भर्ना सहित सबै समय गर्दा भाद्र महिनाभरी भर्नाको प्रकृयामा रहन्छन् । कोटामा नाम निस्कियो भने त ठिकै छ । भएन भने असोज महिनामा अर्को विकल्प खोज्नुपर्ने छ । यस्तो किसिमको समस्या देखिरहेको छ । यो राष्ट्रिय समस्या नै हो । यसको विषयमा सायद सम्बन्धित पक्षहरुले सोचेर केही सही निर्णय लिन्छन् होला । जसले विद्यार्थीहरुलाई कुन कोर्समा गएर भन्ने किसिमको कुरामा सजिलो होस् ।

यहाँहरुले सञ्चालन गर्नुभएको यी पछिल्लो कार्यक्रमको कुरा गरौँ । शैक्षिक जनशक्तिको अवस्था कस्तो छ ? स्वास्थ्यलयहरुले ती विद्यार्थीहरुलाई जागिर दिन्छन् ?
हामीले यी २ वटा कार्यक्रम सञ्चालन गर्नको लागि मिनिमम ५० बेडका अस्पतालको सहमति लिनुपर्ने जुन हामीले लिइसकेका छौँ । शिर मेमोरिय अस्पतालसँग हामी आबद्धता भइसकेका छौँ । हेल्थ एसिस्टेन्ट र फिजियो थेरापीमा पढ्ने विद्यार्थीहरुले पहिलो वर्षमा इन्टरनल प्राक्टिकल नै हुन्छ । साईन्ससँग सम्बन्धित विषयहरुको प्राक्टिकल हुन्छ । जस्तो फिजिक्स, केमेस्ट्रि, बायोलोजी विषयहरुको प्राक्टिकल हुन्छ । जुन उनिहरुले शिक्षालयमा नै सिक्छन् । त्यो बाहेक अरु एनोटोमिकल र कम्प्युटको प्राक्टिकल शिक्षालयमा नै गर्छन् ।

त्योदेखी बाहेक दोस्रो वर्षमा रहेर काम गर्नुपर्छ र फेरी प्राक्टिस गर्न जानुपर्छ त्यो अवस्थामा चाहीँ काभ्रे जिल्ला अन्र्तगत रहेका हेल्थ पोस्ट र पिएससीमा रहेर काम गर्ने र काभ्रे जिल्ला अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थामा रहेर उनिहरुले काम गर्ने हो । त्यसको लागि हामीले मेथिनकोट र शिरमेमोरियल अस्पतालसँग सहमति गरेका छौँ । यसैगरी अपाङ्ग अस्पतालसँग पनि सहमति गरेका छौँ ।

उनिहरुलाई फिल्ड प्राक्टिस गर्नको लागि समस्या छैन । मुख्य कुरा चाहीँ उनिहरुले अध्ययन गरिसकेपछी रोजगारीको अवसर कस्तो छ भन्दा हेल्थ एसिस्टेन्ट र फिजियो थेरापीको कुरामा फिजियो थेरापीमा कम उत्पादन भएकाले त्यो जनशक्ति धेरै विक्छ जस्तो मलाई लागिरहेको छ । हेल्थ एसिस्टेन्टमा कम्पिटिसन धेरै छ । तर राम्रो गर्ने विद्यार्थीहरुलाई चाहीँ सरकारी वा नीजि क्षेत्रमा प्रवेश गर्ने कुरामा अथवा रआफैँले एउटा संस्था सञ्चालन गरेर अगाडी बढ्ने कुरामा उनिहरुले धेरै ठूलो अवसर पाइरहेका छन् ।

पढाईको तह यही अन्त्य हुन्छ या पछी उनिहरुले डिग्री वा मास्टर डिग्री पनि गर्न पाउछन् ?
अहिले देखिएको मुख्य समस्या पनि यही छ । पुरानो कुरा गर्दा त्रिभुवन विश्वविद्यालयले पहिले सिएमए पनि पढाउँथ्यो । सिएमए पढे १÷२ वर्ष काम गरिसकेपछी हेल्थ एसिस्टेन्ट पढ्न पाउथ्यो र हेल्थ एसिस्टेन्ट पढेपछी एमबिबिएस पनि गर्न पाउथ्यो ।

अहिले आएर त्यो कुरा रोकिएको छ । धेरै वर्ष भइसक्यो । जो विद्यार्थी हेल्थ एसिस्टेन्ट पास गरिरहनुभएको छ उहाँहरुले पब्लिक हेल्थमा अगाडी बढ्ने वा सामान्य शिक्षामा अगाडी बढ्ने भन्ने खालको समस्या देखिरहेको छ । यानिकी हेल्थ एसिस्टेन्ट पढेर जुन स्वास्थ्य सम्बन्धि धेरै कुरा सिकिरहेको छ त्यही कुरामा माथि जानू पर्ने यानेकी एमबिबिएसमा जान सकिरहेको अवस्था छैन ।

पहिले प्रतिष्ठानले चाहीँ हेल्थ एसिस्टेन्ट पढ्नेलाई पनि एमबिबिएस पढ्ने मौका दिएको थियो । त्यो अहिले रोक्किरहेको छ । सायद अब धेरै उत्पादन भएपछी विद्यार्थीहरुको मागलाई ध्यानमा राखेर सरकारले यो पक्षमा पनि केही कुरा सोच्छ की भन्ने मलाई लागिरहेको छ ।

तपाईहरुसँग मिलिनियम एकेडेमी पनि छ, संस्थाको बारेमा पनि हामीलाई स्पस्ट पारिदिनुस्न ।
हामीले सबैभन्दा सुरुमा २०५१ सालमा सिटिभिटीको सिएमए, अनमी कार्यक्रमहरु सञ्चालन गरिरहेको हो । व्वस्थापनमा २०५६ सालबाट त्यो बेलामा उच्च माध्यमिक शिक्षा परिषद् भन्ने संस्था थियो । त्यो परिषद्बाट स्वीकृति लिएर ११-१२ को कक्षाहरु पनि सञ्चालन गरिरहेका छौँ । त्यसमा हामीले व्यवस्थापन, शिक्षा, मानविकी र कानूनका विभिन्न विषयहरुलाई अगाडी बढाएर हामीले पठनपाठन गर्दै आएका छौँ । प्रायगरी त्यो समयमा सिएमए, अनमी कार्यक्रमहरुमा पढ्ने विद्यार्थीहरुको प्लसटु लेभल सरहको कार्यक्रम थिएन । त्यो टी एसएसली मात्र थियो ।

तिनहरुलाई नै ध्यानमा राखेर ११-१२ मा पनि अगाडी बढाउन सकियोस् भनेर प्लसटु कार्यक्रम सञ्चालन गरिरहेका हौँ । अहिले जो विद्यार्थी हेल्थ एसिस्टेन्ट र फिजियो थेरापी पढिरहनुभएको छ उनिहरुले स्वतः प्लसटु सरहको कार्यक्रम पढ्ने भएकाले उनिहरुले पढ्न आवश्यक छ भन्ने लाग्दैँन । पढिराख्दा डबल एजुकेशन हुन्छ भन्ने मात्र हो । हामीले विगतमा ५६ सालदखी पढाईरहेको जुन संस्था छ त्यसमा हामीले जुन कार्यक्रमहरु राखेका छौँ त्यसमा निरन्तरतता दिइरहेका छौँ ।

थप विषयहरुलाई विद्यार्थीको आवश्कयतालाई ध्यानमा राखेर हेल्थ एसिस्टेन्ट र फिजियो थेरापी मात्र पढ्न सक्ने लेभलका विद्यार्थी आउछन् भन्ने छैन । उनिहरु जनरल एजुकेसनमा जसको आर्थिक अवस्थाले भ्याउदैँन वा त्यो विषयमा रुचि छ उक्त विद्यार्थीलाई पनि त्यस्तो अवसबाट बञ्चित नहुन् । एउटै संस्थामा एउटै व्यवस्थापनबाट पढ्न सजिलो होस् भन्ने हिसाबले यही वर्षबाट प्लसटुका कार्यक्रममा कानून, व्यवस्थापनमा कम्प्युटर साईन्स भन्ने विषय राखेर त्यसैगरी हेल्थ, म्याथ, नेपाली, अंग्रर्जी लगायत विभिन्न विषयहरु राखेर पठनपाठन गर्दै आएका छौँ । ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई पनि हामीले केन्द्रित गरिरहेका छौँ । उहाँहरु आउनुहुन्छ ।

धेरै लामो समयदेखी प्रायगरी यो कलेजमा ग्रामिण क्षेत्रको धेरै ठूलो रुचि रहेको छ । स्नातक तहमा २०६३ सालदेखी त्रिभुवन विश्वविद्यालयको विविएस र विएड कार्यक्रम गरिरहेका छौँ । त्यसमा पनि विद्यार्थीहरुको रुचि छ । विद्यार्थीहरुले प्लसटुबाट पनि पास गरिरहेका छन् । ती विद्यार्थीहरुलाई अन्य कलेजमा जानू नपरोस र एउटै संस्थामा आएर स्नातकसम्मको कार्यक्रमहरु अध्ययन गर्न पाउन् भनेर विविएस र बिएड कार्यक्रममा त नेपाली, अंग्रजी र स्वास्थ्य विषय मुख्य विषयको रुपमा राखेर पठनपाठन गर्दै आएका छन् ।

काभ्रे हेल्थ ईन्स्टिच्युटमै केन्द्रित होऔँ । प्राक्टिकलका कक्षाहरु कस्तो छन् ?
हामीले सिटिइभिटीले हामीलाई जुन रिक्वाएरमेन्ट दिएको छ, जस्तो पहिलो वर्षको नै कुरा गर्नुपर्दा हामीलाई फिजिक्स, केमेस्ट्रि लगायतका विषयमा जुन रिक्वाएरमेन्ट बनेको छ त्यो अनुसार हामीले प्राक्टिकलका कक्षाहरु व्यवस्था गरेका छौँ ।

कम्प्युरको कक्षा पनि व्यवस्था गरेका छौँ । उहाँहरु निरिक्षण कै क्रममा पनि उहाँहरु खुसी भएर जानूभएको छ । दोस्रो र तेस्रो वर्षमा फिजियोथेरापीमा ईलेक्ट्रो र थेरापीको कक्षहरु पनि बनाएका छौँ । यसैको लागि आवश्यक ल्याब लगायतका कक्षहरु पनि रहेको छ । धेरै प्रकारका कक्षहरुको व्यवस्था रहेको छ । पाठ्यक्रममा जे जे निर्देश रहेको सबै प्राक्टिकल रुमहरु व्यवस्थापन छ ।

यहाँहरुको लामो समय निरन्तरता दिनुभएको २ वटा कार्यक्रम सिएमए र अनमी फेजआउट भयो । फेजआउज हुनेको कारण के छ ?
हामीले हेर्दा ग्रामिण क्षेत्रका कम खर्च गरेर अध्ययन गर्दै हातमा सीप लिएर अगाडी बढ्ने विद्यार्थीको लागि यस्तो धेरै कार्यक्रम सफल कार्यक्रमको रुपमा लिएका थियौँ । हामीले करिब एक हजार अनमी र १५ सय सीएम विद्यार्थी उत्पादन गर्यौँ ।

अहिले काभ्रेका विभिन्न स्वास्थ्य संस्थामा जादाँ हामीले हाम्रा विद्यार्थी पाउँछौं । वास्तवमा त्यो फेजआउट गर्न नहुने कार्यक्रम थियो । अब राष्ट्रिय नीतिकै रुपमा फेजआउज भएपछी हामीले भन्न मिलेन । हामीलाई डिप्लोमा लेभवका कार्यक्रम सञ्चालन गरेर अगाडी बढ्ने मौका दिने क्रममा हामीले २ वटा कार्यक्रम सञ्चालन गरिरहेका छौँ । त्यो फेजआउट भएका २ वटा कार्यक्रम ग्रामिण क्षेत्रका विद्यार्थीको लागि धेरै राम्रो खालको कार्यक्रम थियो । सरकारले यो कार्यक्रम कुन रुपमा फेजआउट गरेको हो त्यो बुझ्न सकिएको छैन ।

अहिले यहाँहरुले सञ्चालन गरिरहनुभएको हेल्थ एसिस्टेन्ट र फिजियो थेरापीमा समुदायको रुचि कस्तो पाउनुभएको छ ?
समुदायको रुचि यसमा धेरै देखिएको छ । यी दुई वटा कार्यक्रम हामीले हेर्दा हेल्थ एसिस्टेन्ट कार्यक्रम सिटिइभिटी धेरै वर्ष अगाडीदेखी सञ्चालन भइरहेकाले विद्यार्थीहरुले धेरै बुझ्न पाइरहेका छन् ।

सिटिइभिटीले सञ्चालन गरिरहेको स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुमा स्टाफ नर्स, हेल्थ एसिस्टेन्ट र फार्मेसी धेरै नै रुचिको विषयमा देखिएको छ । त्यसैगरी सिटिइभिटी अन्र्तगत सञ्चालन गरेको अरु ल्याब, रेडियोग्राफि, फिजियो थेरापी, डेन्टल हाइजिन लगायतका कार्यक्रम ल्याएको छ । यसपालिदेखी त अरु कार्यक्रम पनि ल्याएको छ । यी ३ कार्यक्रममा स्टाफ नर्स, हेल्थ एसिस्टेन्ट र फार्मेसीमा धेरै विद्यार्थीको रुचि देखिएको छ । पहिलेदेखी नै यसको प्रवद्र्धन बढी भएकोले पनि हो । त्यो बाहेक स्वास्थ्यसँग सम्बन्धित अरु विषय आफ्नो क्षेत्रमा योगदान गर्ने ठाउँ छ ।

सबैको स्कोप राम्रो छ । यसमा अरु विषयमा सिटिइभिटी र सरकारको तर्फबाट धेरै प्रवद्र्धन देखिएको छैन । हामी संस्था सञ्चालन गर्नेले पनि त्यत्ति गर्न सकेका छैनौं । आगामी वर्षमा चाहीँ यो कार्यक्रमको बारेमा राम्रोसँग विद्यार्थीवर्गमा जनचेतना जगाउन सक्यौँ भने सायद अलि रुचि देखिएला । यो वर्ष हेल्थ एसिस्टेन्ट पढ्ने धेरै विद्यार्थी देखेका छौँ भने फिजियो थेरापीमा रुचि कम देखिएको छ । त्यसकारण यसमा विद्यार्थीलाई बुझाउन सकेका छैनौं ।

अन्त्यमा अभिभावक, विद्यार्थीहरुको लागि केही सन्देश ?
सिटिइभिटीको अहिले हेल्थ एसिस्टेन्ट र फिजियो थेरापी कार्यक्रममा काभ्रे हेल्थ ईन्स्टिच्युटमा भर्ना खुलिरहेको छ । फर्म वितरण भइरहेको छ । यो १४ गते नै मिति सक्किएको थियो तर अहिले फेरी खुलेको छ । २६ गतेसम्म समय छ ।

यो कार्यक्रममा रुचि भएकाहरुलाई प्राविधिक विषयमा करिअर अगाडी बढाउन मार्गनिर्देशन गर्छ । त्यसैले यस्तो कोर्स पढ्न केलेजमा निरिक्षण गरेर फर्म भर्नुहोला । छात्रावृत्तिको फर्म पनि खुलेको छ । यसमा नाम निकालियो भने पैसा पनि तिर्नुपरेन । नत्र खुल्ला कोटामा पनि फर्म भर्न सक्नुहुन्छ । हेल्थ एसिस्टेन्ट र फिजियो थेरापी पढेर आफ्नो भविष्य उज्वल बनाउनुस् । एकपटक कलेजमा भिजिट गर्न अभिभावक र विद्यार्थीहरुलाई म अनुरोध गर्छु । पलाञ्चोक साप्ताहिकबाट ।

2500
Shares

ट्रेन्डिङ