सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

रासायनिक मलको हाहाकार

3945
Shares
रासायनिक मलको हाहाकार

काभ्रे, १५ जेठ । कृषकको बारीमा उम्रिएका मकैमा राख्नु पर्ने रसायनिक मलको अभाव भएपछि बारीमा हुनुपर्ने किसानहरु कृषि सामाग्री संस्थानमा दिनभर विताउन थालेका छन् । माघ महिना देखि अभाव शुरु भएको रसायनिक मल जेठ आधा भईसक्दा समेत सहज हुन सकेको छैन । जिल्लाको पाँचखाल लगायतका विभिन्न क्षेत्रमा यतिखेर मकैमा मल राख्ने सिजन शुरु भएको छ ।
कतै रोपाई समेत हुन थालेकाले कृषकहरुलाई युरिया मलको माग बढेको हो । अघिल्लो वर्ष पनि नाकाबन्दीका कारण अभाव ब्यहोरेका कृषहरुले सहज अवस्थामा समेत मल पाउन सकेका छैनन । मल अभावका बारेमा पटक पटक मन्त्रालयमा जानकारी गराएको तर पनि सहज हुन नसकेको कृषि सामाग्री संस्थान काभ्रेका शाखा प्रवन्धक अशोक खड्काले बताए ।
दैनिक कृषकहरु मलको लाईनमा बस्दै फर्कदै गर्न थालेका छन् । कृषि सामाग्री संस्थान धुलिखेलबाट सिन्धुपाल्चोक र काभ्रेका लागि यो सिजनमा ५ हजार मेट्रिक टन मल विक्री हुन्छ । काभ्रेपलाञ्चोक जिल्लाका लागि आवश्यक पर्ने मल ढुवानी गर्ने ठेकेदारले माघ महिनामा धरौटी नै छाडेर बोलपत्र रद्द गरेपछि अहिले मलको हाहाकार भएको कृषि समाग्री कम्पनीले जानकारी दिएको छ ।
-मेची काली डट कम बाट

3945
Shares

ट्रेन्डिङ