सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • दयाको चलचित्र झैँ रोमान्टिक लभ स्टोरी

दयाको चलचित्र झैँ रोमान्टिक लभ स्टोरी

4245
Shares
दयाको चलचित्र झैँ रोमान्टिक लभ स्टोरी

वि.सं २०६० सालदेखि कलाकारीता सुरु गरेका दया एक्टर स्टुडियोका विद्यार्थी हुन् । अनेकौँ संघर्ष गर्दै कलाकारीतामा होमिएका उनी नाटक लेखक तथा निर्देशक, टेलिफिल्मका कलाकार हुँदै अनागरिक चलचित्रबाट नायक बने । लुटमा गोफ्ले बनेर बैंक फोरेका दया, चलचित्र कबड्डीमा काजी बनेर असफल प्रेमीको नमुनाका रुपमा प्रस्तुत भए । हेर्दा सोझो देखिने उनी पर्दामा हिट नायिकाको प्रेममा थुप्रै पटक परिसकेका छन् । उनको वास्तविक प्रेम सम्बन्ध चलचित्रमा देखाइने रोमान्टिक प्रेमभन्दा कम छैन ।
दयाहाङ राईले गायिका बेनुका राईसँग प्रेम गरे । उनी सँगै विवाह गरे । उनीहरुको प्रेमबाट जन्मीएका साम्दुङ विद्यालय जान थालीसकेका छन् । वास्तवीक जीवनको प्रेम कथा सम्झीन, दयाहाङ वि.सं २०५९ सालको सेरोफेरोमा पुग्छन् । खोटाङकी बेनुका गायिका बन्न संघर्ष गर्दै थिइन् । भोजपुरका दयाहाङ रंगक्षेत्रमा राज गर्ने सपना पुरा गर्ने शिलशिलामा थिए । संघर्ष गर्न राजधानी छिरेका बेनुका र दयाको पहिलो भेट रत्नपार्कमा भएको थियो ।
बेनुका गीत रेकर्ड गर्ने तयारीमा थिइन् । रत्नपार्कबाट अनामनगरको दोभान स्टुडियो पुग्नु थियो । साथीहरु पनि सँगै थिए । त्यहि समूहमा थिए, दया । बानेश्वर बस्ने भएकाले उनी पनि बेनुकासँगै पाइला लम्काउँदै थिए । एक अर्काबीच राम्रै परिचय भयो । जिल्ला फरक भएपनि दुबैजना पूर्वकै राई भएकाले निकटता बढ्यो । यसलाई अहिले उनीहरु एउटा अनौठो संयोग मान्छन् । मायाप्रीति विजारोपण भएको पहिलो विन्दु ठान्छन् ।
विस्तारै बेनुकाले दयाको मन तानीन् । दयाले बेनुकामा आफ्नो मान्छे बनाउन लायक गुण देख्न थाले । त्यसैले गायिका बन्नका लागि उनले बेनुकालाई सकेको सहयोग गरे । त्यतिमात्र होइन उनले केहि गीत बेनुकाकै लागि लेखेका पनि छन् ।
उनीहरुको सम्बन्ध साथीबाट विकास हुँदै प्रेममा परिणत हुन केहि समय प्रतिक्षा गर्नु पर्यो । भेटघाट भएको हप्ता, महिना हुँदै वर्ष नै बित्यो । दयाले बेनुकालाई प्रस्ताव राख्ने निधो गरे । बेनुकासँग भेट भयो । छुट्टीने समय पनि आयो । तर, उनको मुटु डरले धक्क फुल्यो । कोठा जानका लागि गाडि चढ्ने तयारीमा थिइन्, बेनुका । दयाले साहस बटुले । अनी भने, “बेनुका म तिमीलाई धोका दिँदैछु ।”
दयाको कुराले बेनुका तर्सीइन् । किनकी उनले पनि दयाका लागि माया साँचेर राखेकी थिइन् । एउटा वाक्य बोलेका दयाले आफ्नो कुरालाई निरन्तरता दिए र भने “तिमीले मलाई राम्रो साथी सम्झेकी थियौ होला तर, मैले यो सम्बन्धलाई साथीभन्दा धेरै माथि, जीवनसाथीको रुपमा सोच्न थाले छु । जुन तिम्रो लागि धोका हुन सक्छ”
दयाले यसो भन्दै गर्दा बेनुकाको मुहारमा चमक आयो । मन खुशिले भरियो । किनकी यस्तै प्रस्तावको प्रतिक्षामा थिइन्, बेनुका । मन परेको मान्छेको हरेक कुरा राम्रा लाग्छन्, त्यसैले उनलाई दयाको प्रेम प्रस्ताव गर्ने शैली साह्रै सिर्जनशील लाग्यो । यद्यपी, उनले भनिन्“जीवन सँगै बिताउने कुराको निर्णय लिन एकदुई दिन समय चाहिन्छ ।”
बेनुकाले मागेको दुई दिनको समय दयालाई निकै लामो झैँ लागेको थियो । समय ढिलो चलेजस्तो महसुस भइरहेको थियो । तर पनि मनको कुरा भन्न सफल भएकोमा उनी आनन्दीत थिए । र मनको कुनै कुनमा प्रस्ताव अस्वीकार हुने पो हो कि भन्ने थोरै डरले डेरा जमायो ।
निर्णयका लागि दुई दिन मागेकी बेनुकासँग दयको भोलीपल्टै भेट भयो । बेनुकाले मनको कुरा खोलीन् । आफु सोहि प्रस्तावको प्रतिक्षामा रहेको बताइन् । बेनुकाको स्वीकारोक्तीले दया ढुक्क भए । सम्बन्ध झन् कसीलो भयो । साथ दह्रीलो भयो । ६ वर्षसम्म उनीहरु प्रेममा रमाए । त्यसपछि विवाहको आवश्यकता महसुस गरे । वि.सं २०६५ सालमा दया र बेनुकाको प्रेम सम्बन्ध विवाहमा परिणत भयो ।
स्रोत : टेलिभिजन कार्यक्रम जीवनसाथी

4245
Shares

ट्रेन्डिङ