सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा फोटो पत्रकार समूह गठन

काभ्रेमा फोटो पत्रकार समूह गठन

4390
Shares
काभ्रेमा फोटो पत्रकार समूह गठन

जेठ २१, काभ्रे । राष्ट्रिय फोटो पत्रकार समुह काभ्रेमा गठन भएको छ । आईतवार बनेपामा भएको भेलामा सहभागीहरुले फोटोको महत्वका बारेमा प्रकाश पारेका छन् । डिजिटल प्रविधीको विकाससँगै प्रविधीको प्रयोगलाई विशेष महत्वदिने क्यामेरा र फोटोकै कारण समाचारको लोकप्रियता बढेको समयमाकाभ्रेका फोटो पत्रकार समहुको गठन गरेको हो । राजधानीदैनिककाभ्रेका संवाददाता एंव खबर चौतारी साप्ताहिक काकार्यकारी सम्पादक केशवराज पौडेलको नेतृत्वमा काभ्रेमा राष्ट्रिय फोटो पत्रकार समुहकाभ्रे गठन भएको हो । समितिकोे उपाध्यक्षमिना घोरासैनी, सचिव रोजन तामाङ,सह-सचिव जीवन पराजुली,कोषाध्यक्ष रामसुन्दर आचार्य र सदस्यहरुमा राजकुमार गोले र देवराज केसी रहेका छन् ।
पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममापत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष भोजराज तिमल्सिना, प्रेस सेन्टरका केन्द्रीय सदस्य यदुनाथ गौतम, जिल्ला अध्यक्ष रामकृष्ण बञ्जारा,प्रेस चौतारीका जिल्ला अध्यक्ष भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोईराला लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रीय अध्यक्ष धुर्व आले, सचिव प्रदिपराज वन्त, कोषाध्यक्ष तेजबहादुर बस्नेत,संस्थापक सदस्य हरिप्रसाद रेग्मी र सागर श्रेष्ठले फोटो पत्रकारको महत्व र आवश्यकताको बारेमा प्रष्ट्राएका थिए । कार्यक्रममा सहभागीहरुले फोटोको महत्व दिनानुदिन बढिरहेको समयमा फोटो पत्रकार समुह गठन हुनु सकारात्मक कुरा भएको बताएका थिए । राजधानीसँगै जोडिएको काभ्रे जिल्लामा फोटोको आवश्यकता धेरै देखेर विस्तार भएसँगै अब समुहले रचनात्मककार्यहरु गर्दै काभ्रेको फोटोहरु समेत राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने योजना बनाएको छ ।

4390
Shares

ट्रेन्डिङ