सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रुस पठाइदिने भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

रुस पठाइदिने भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

320
Shares
रुस पठाइदिने भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

  काठमाडौं। रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् ।  उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

सयन्द्रलाई फागुन १० र सविनलाई ११ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

तुम्बापोलाई रसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र त्यहाँ ३ लाख ५० हजार रुपैयाँ तलब हुने प्रलोभवन देखाउँदै उनीहरूले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

320
Shares

ट्रेन्डिङ