सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पक्षघातका बिरामीका लागि एप बनाउँदै पुन

पक्षघातका बिरामीका लागि एप बनाउँदै पुन

2780
Shares
पक्षघातका बिरामीका लागि एप बनाउँदै पुन

काठमाडौँ, २१ जेठ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पक्षघात भएका व्यक्तिका लागि दिमागले सोचेर सहयोगीलाई आफ्ना आवश्यकता बताउनसक्ने एप बनाउन लागेको बताउनुभएको छ । पक्षघातका बिरामीलाई केही चाहिएमा उसको घाउमा सेन्सर राखी त्यसका माध्यमबाट सहयोगीको मोबाइलमा सन्देश गएपछि सहयोग लिनसक्ने एपको विकास गरिरहेको पुनले बताउनुभयो । “कार्यान्वयनमा ल्याउन सकेमा संसारभरका लागि यसबाट फाइदा पुग्नेछ,” उक्त एपबारे जानकारी दिँदै अध्यक्ष पुनले भन्नुभयो ।
यस एपका माध्यमबाट बिरामीले आफूलाई भोक लागेको, दिसापिसाव लागेको, बत्ति बाल्नुपर्ने, निभाउनुपर्ने लगायत हरेक सोचेका कुरालाई सेन्सरका माध्यमबाट सहयोगीको मोबाइलमा सन्देश पठाइ जानकारी गराउन मद्दत मिल्ने बताइएको छ । स्वास्थ्यसँग सम्बन्धित नयाँ आविष्कारलाई कार्यान्वयनमा लैजान स्वास्थ्य मन्त्रालयको सहयोग चाहिने भएकाले शुक्रबार स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र केन्द्रबीचमा सहकार्य गरी अघि बढ्ने विषयमा सम्झौतासमेत भएको छ ।
अध्यक्ष पुनले उक्त एपको आधाआधी काम सकिएको भए पनि त्यसलाई अझ प्रभावकारी बनाउन आफ्ना दुई सहयोगीले काम गरिरहेको जानकारी दिनुभयो । “त्यो कार्यान्वयनमा ल्याउन स्वास्थ्य मन्त्रालयको सहयोगबिना सम्भव छैन, सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो । करिब एक वर्षभित्र उक्त एप कार्यान्वयनमा ल्याउने पुनको लक्ष्य छ । रासस

2780
Shares

ट्रेन्डिङ