सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फेरि मन्त्री बन्न चाहन्छु : गगन थापा

फेरि मन्त्री बन्न चाहन्छु : गगन थापा

3865
Shares
फेरि मन्त्री बन्न चाहन्छु : गगन थापा

जेठ २२, काठमाडौं । विभागीय मन्त्री भएर स्वास्थ्य मन्त्रालय भित्रिँदा गगन थापालाई काम गर्न त्यति सहज थिएन । सम्पूर्ण स्वास्थ्य सेवाको नियमन, नीति निर्माण र कार्यान्वयन गर्ने मन्त्रालय राजनीतिक अखडाका रुपमा परिचित थियो । ‘माल प्राक्टिस’ गर्नेहरु अधिकांश समय मन्त्रालयमा घुमिरहन्थे । मन्त्री र सचिव ‘मिटिङ’मा भिडिरहन्थे । मन्त्रीहरुको मनपरीतन्त्रले मन्त्रालयका विज्ञहरुसमेत बेकामे हुँदा दिनभरजसो चियागफमा चित्त बुझाउँथे ।
मन्त्रालयले लामो समयदेखि नियमितबाहेक कुनै काम गर्न सकेको थिएन । चालु आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम दय गरिसकेको र स्वास्थ्य क्षेत्रका प्राथमिकता तोकिएको अवस्था थियो । निश्चित बजेट र कार्यक्रमको सीमाभित्र बसेर काम गर्नुपर्ने अवस्थामा स्वास्थ्य मन्त्रालय सम्हालेका थापा आफ्नो साढे नौ महिने कार्यकाल अर्थपूर्ण बनाउन सफल भएका छन् ।
मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिँदै मन्त्री थापाले दृढता र इमानदारीसाथ टिमवर्क गरे छोटो समयमा पनि धेरै काम गर्न सकिने बताए । आफूले महत्वपूर्ण काम सुरु गरेको दाबी गर्दै उनले यी कामलाई निरन्तरता दिनका लागि फेरि पनि स्वास्थ्यमन्त्री बन्न चाहेको समेत बताए ।
-अन्नपूर्ण पोस्ट

3865
Shares

ट्रेन्डिङ