सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सबैको आखाँ विश्वकप फुटबलमा

सबैको आखाँ विश्वकप फुटबलमा

3105
Shares
सबैको आखाँ विश्वकप फुटबलमा

काठमाडौं, २३ जेठ । कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कदमको नेतृत्व साउदी अरेबियाले गरेको हो । तर, सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा बहराइनले ग-यो । त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले सम्बन्ध अन्त्य गरे । यो क्लबमा यमन, लिबिया र माल्दिभ्स पनि जोडिए ।
साउदीका अधिकारीहरूले ‘आतंकवादी र अतिवादीको आक्रमणबाट राष्ट्रलाई हुन सक्ने खतराबाट जोगाउन’ यस्तो निर्णय गरिएको बताएका छन् । यो तर्कमा अन्य राष्ट्रहरूले पनि सहमति जनाएका छन् ।
आँखा विश्वकपमा
सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारलाई छिमेकी राष्ट्रको योे कदमले ठूलो क्षति पुग्नेछ । कतारले विश्वकप आयोजना गर्न नसक्ने भन्दै पश्चिमा मुलुकले अविश्वास गर्दै आएका थिए । विश्वकपका लागि उपयुक्त वातावरण कतारमा नरहेको पनि उनीहरूले उल्लेख गर्ने गरेका छन् ।
-नयाँ पत्रिका

3105
Shares

ट्रेन्डिङ