सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • रबिन्द्र मित्रको राजनिति कस्तो होला ?

रबिन्द्र मित्रको राजनिति कस्तो होला ?

4630
Shares
रबिन्द्र मित्रको राजनिति कस्तो होला ?

पत्रकारितामा राजतिनी घुस्नु नेपालमा स्वभाविकै हो तर पत्रकार आफ्नो पत्रकारिता पेशा नै छाडेर राजनीतिमा प्रवेश गर्नु भनेको निकै आश्चर्य चकित हुने समाचार हो । सधै अरुका विषयमा समाचार बनाएर पत्रकारितामा राम्रो छवी बनाउन सफल पत्रकार रवीन्द्र मिश्र आजकल आफ्नै समाचारले उनी चर्चित छन् ।
नेपालका सबै उमेर वर्षका मानिसहरु उनको यो कदम प्रति अचम्मित भएका छन् । पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका मिश्रले नयाँ राजनैतिक पार्टीको नाम समेत जुराएका छन् । तराजु चुनाब चिन्ह प्रस्ताव गरेको मिश्रको पार्टीको नाम भने साझा पार्टी रखिने स्रोतको दावी छ ।
राजनैतिक दल दर्ता बन्द भएपनि नाम र चुनाब चिन्ह सुरक्षित गर्नको लागि मिश्र सम्बन्ध मानिसहरु कम्मर कसेर लागेको र पार्टीको औपचारिक घोषणा भने केही साता भित्र हुने मिश्र स्रोतले बतायो ।

4630
Shares

ट्रेन्डिङ