सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

दमकको मतगणना स्थगित

7215
Shares
दमकको मतगणना स्थगित

१६ असार, काठमाडौं । झापाको दमक नगरपालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको निष्पक्षतामा प्रश्न उठाउँदै कांग्रेस, माओवादीसहितका दलले मतगणना बहिस्कार गरेका हुन् ।
उनीहरुले निर्वाचन अधिकृत बेदराज फुयल र डीएसपीलाई फिर्ता गर्न माग गरेका छन् । ‘फुयालको व्यवहार र क्रियाकलाप निष्पक्ष र स्वतन्त्र नदेखिएकाले निजलाई तुरन्त फिर्ता बोलाई नयाँ निर्वाचन अधिकृत नियुक्त गरेर मात्र मत गणना कार्य अघि बढाइयोस्’ कांग्रेस, माओवादी सहितका दलका उम्मेदवारले भनेका छन् । मतगणना प्रभावित गर्ने मनसायले दमक नगरका कार्यकारी अधिकृत युवराज दाहाल मतगणना स्थलमा आएको भन्दै दलहरुले उनलाई रोक लगाउन पनि माग गरेका छन् ।

7215
Shares

ट्रेन्डिङ