सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अध्यक्ष लामालाई पितृशोक, बौद्ध परम्परा अनुसार घर मै काजक्रियामा

अध्यक्ष लामालाई पितृशोक, बौद्ध परम्परा अनुसार घर मै काजक्रियामा

4410
Shares
अध्यक्ष लामालाई पितृशोक, बौद्ध परम्परा अनुसार घर मै काजक्रियामा

बनेपा, ९ कात्तिक। कलाकार, तामाङ चलचित्रका निर्माता तथा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि लामालाई पितृशोक परेको छ । लामाका पिता देव सिं लामाको कार्तिक २ गते ७६ वर्षको उमेरमा निधन भएको हो । १९९८ असोज २० गते जन्मेका स्व. लामा पञ्चायत कालमा वि. स. २०२६ सालदेखि निरन्तर ३ कार्यकाल तत्कालिन काभ्रेपलाञ्चोक जिल्ला कटुन्जेबेसीं गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए । आफ्नो जीवनका लामो समय समाजसेवामा आफूलाई समर्पण गरेका लामा त्यस भेगका सबैका आँखाका नानी रहेका थिए । त्यस भेगका जनताका सुख दुःखमा आफूलाई सधैं सक्रिय गरउाने स्व. लामा मृगौला सम्बन्धी रोगबाट पिडीत रहदै आएका थिए । लामो समय कटुन्जेबासीको समस्या तथा चुनौतीसँग लड्दै आएका उनी पछिल्लो समय आफै मृगौला सम्बक्धि रोगसँग लड्दै आएका थिए ।

रोशी क्षेत्रमा आफूलाई समाजसेवीको रुपमा स्थापित गराउन सफल स्वर्गिय लामा पछिल्लो १५ वर्षदेखि दुबै मृगौला फेल भए पछि मृगौलाको डायलोसिस गराउँदै आएका थिए । रोशी क्षेत्रमा शिक्षा, स्वास्थ्य सहकारी लगायतका क्षेत्रबाट समाजसेवामा क्रियाशील स्व. लामा पछिल्लो समय रोगले च्याप्दै थलिदै गएका उनको ७६ वर्षको उमेरमा यहि कार्तिक २ गते निधन भएको हो । स्व. लामाका जेठा सुपुत्र डि.बि. लामा कलाकार एवं तामाङ चलचित्रका निर्माता तथा सामुदायिक बिद्यालय ब्यबस्थापन समिति महासंघ काभ्रेका अध्यक्ष, रोशी मा. वि. व्यवस्थापन समितिका अध्यक्ष, रोशी गाउँपालिकाका प्रमुख हुन् । त्यस्तै माइलो सुपुत्र कुमार मोक्तान तामाङ चलचित्रका नायक तथा कान्छा सुपुत्र गौरव मोक्तान कलाकार तथा यूवा व्यवसायी हुन् ।

वर्तमान परिवेशमा मौलिक लोक कला र संस्कृति लोप हुँदै गएको अवस्थामा, आजका यूवापुस्ताले परम्परहरु भुल्दै गएको हुनाले उनीहरुलाई पनि आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण सम्बद्र्धनमा आकर्षित गराउन आफूहरु बौद्ध परम्परा, लामाको संस्कार अनुसार सोहि किसिमको वस्त्र धारण गरी स्वर्गिय बाबुको काजक्रियामा आफूहरु घर मै बसेको रोशी गाउँपालिका अध्यक्ष डि.बी. लामा बताउँछन् । आफूलाई जन्म दिई संस्कार परम्परा सिकाउने बाबु आमा प्रति श्रद्धा स्वरुप काज किरियामा बसेको लामा बताउँछन् ।

अहिले आधुनिकताका नाममा बाबु आमाको काज किरिया नगर्ने, बरखी नबार्ने प्रवृति बढ्दो छ । तामाङहरुमा पनि आधुनिकताका नाममा यस्तो प्रवृति बढेको छ । यसलाई कम गर्न पनि पुरै बौद्ध तथा लामा संस्कार अनुसार काज किरिया गरिएको लामाले बताए । जिउँदो हुँदा पनि बाबु आमाको उचित सम्मान र रेखदेख गर्नुपर्छ । मरोनोपरान्त पनि बाबु आमा प्रति श्रद्धाभाव घट्नु हुन्न भन्ने लामाको बुझाइ रहेको छ । कति छोरा छोरी भएका वृद्ध वृद्धाहरु बृद्धाश्रममा रहेको आफूले देखेको र यस्तो हुँदा बाबु आमाप्रतिको श्रद्धा कम हुँदै गएको अहिलेको परिवेसमा विशेष गरि यूवावर्गलाई बाबुआमाप्रति श्रद्धाभाव दर्शाउन र आफ्नो मौलिक कला संस्कृतिलाई जोगाइराख्न यूवावर्गलाई प्रेरणा होस भनेर नै आफूहरु आफ्नै जन्मघर कटुन्जेबेसीमा आएर बाबुको काज किरियामा सहभागी भएको लामाको कथन रहेको छ । स्व. लामाको बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो । बौद्ध परम्परा अनुसार नै उनको घर कटुन्जेमा उनका छोराहरु काजक्रियामा बसेका छन् । उनका ३ छोरा दलबहादुर(डि.बि.), कुमार र गौरव तथा ७ छोरी रहेका छन् ।

4410
Shares

ट्रेन्डिङ