सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • भूकम्प प्रभावितलाई राहत लिएर गएकी चिनियाँ माथि कुटपिट

भूकम्प प्रभावितलाई राहत लिएर गएकी चिनियाँ माथि कुटपिट

765
Shares
भूकम्प प्रभावितलाई राहत लिएर गएकी चिनियाँ माथि कुटपिट

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोली प्रमुखमाथि हातपात भएको छ ।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि मंसिर २० गते जाजरकोटको भेरी नगरपालिकाको रिम्नामा हातपात भएको हो ।

राहत सामग्री वितरण गर्न चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ आफैं पुगेकी थिइन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार राहत वितरण गरेर स्टोर गरिएको स्थानमा सामग्रीको अनुगमनमा गएका बेलामा उनीमाथि हातपात भएको हो ।

भूकम्प गएको ३ दिनपछि सोउ नेतृत्वको चिनियाँ टोली राहत सामग्री वितरणका लागि जाजरकोट र रुकुम पश्चिम पुगेको थियो । ललितपुरको बखुण्डोलमा कार्यालय रहेको ‘चाइना फाउन्डेसन फर रुरल डेभलप्मेन्ट’ ले राहत सामग्रीका लागि प्रत्यक्ष सहयोग गरेको थियो भने ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ नामक संस्थाले वितरणको जिम्मा लिएको थियो । उक्त राहत सामग्री जाजरकोटको भेरी नगरपालिका वडा १ रिम्नास्थित स्टोर बनाएर राखिएको थियो ।

घटनाबारे उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार हातपातको घटनामा चिनियाँ टोलीले अमर खत्री, मुकेश रावल र गोरखबहादुर केसीविरुद्ध उजुरी दिएको थियो । उनीहरुमध्ये अमर खत्रीलाई जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा छाड्न आदेश दियो भने रावल र केसी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

765
Shares

ट्रेन्डिङ