सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले सहमति दिएन

तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले सहमति दिएन

3060
Shares
तीन सीडीओसहित ६ कर्मचारी सरुवामा आयोगले सहमति दिएन

काठमाडौँ, मङ्सिर ७ । निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्र द्वितीय श्रेणीका ६ जना कर्मचारीको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र पठाएको थियो । तर, आयोगले सरुवामा सहमति नदिने निर्णय गरेको छ । साथै आयोगले पत्र पाएको २४ घण्टाभित्र सक्कलै फाइल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले काज सरुवा गरेका छ कर्मचारीमध्ये तीनजना कर्मचारी प्रमुख जिल्ला अधिकारी रहेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि भदौ १४ गते बाटै निर्वाचन आचार संहिता लागू भइसकेको छ । आचारसंहिता लागू भएको अवधिमा निर्वाचन आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने उल्लेख छ ।

3060
Shares

ट्रेन्डिङ