सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • एसियन खेलका लागि ४६२ वटा इभेन्ट सञ्चालन गरिने

एसियन खेलका लागि ४६२ वटा इभेन्ट सञ्चालन गरिने

2800
Shares
एसियन खेलका लागि ४६२ वटा इभेन्ट सञ्चालन गरिने

मंसिर १४, काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा नेपालमा हुने एसियन खेलका लागि समग्रमा ४६२ वटा इभेन्ट सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विभिन्न ४० खेलका लागि ती इभेन्ट देशका विभिन्न स्थानमा सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने सो एसियन खेललाई राम्रोसँग सञ्चालन गर्नका लागि सरकारी तथा गैरसरकारी सस्थासँग सहकार्य र समन्वय भइरहेको प्रष्ट पार्नुभयो ।

मानिसलाई स्वस्थ्य जीवनयापनका लागि खेलको महत्व रहेको बताउँदै उहाँले खेलकुदको माध्यमबाट खेलाडीले मुलुकलाई विश्वमा चिनाउन सक्ने र सरकारले यस क्षेत्रमा व्यावसायिक रुपमा लाग्ने खेलाडीको संरक्षण गर्ने नीति ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

फुटबल, भलिबल, बास्केटबल, बक्सिंग, जिमन्यास्टिक, साइकिलिंग, ह्यान्डबल, हकीलगायत ४० खेल सञ्चालन हुने छ ।
(रासस)

2800
Shares

ट्रेन्डिङ