सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • खानेपानीले दलित बस्तीमा खुशी ल्यायो

खानेपानीले दलित बस्तीमा खुशी ल्यायो

5310
Shares
खानेपानीले दलित बस्तीमा खुशी ल्यायो

मण्डन देउपुर नगरपालिका–९ जितरपोखरीको दलित समुदायमा खानेपानिका धारा बनेपछि खुशि ल्याएको छ ।दातृ निकाय र स्थानीय सहयोगी संस्थाहरुको सहयोगमा भूकम्पले भत्काएको घरको पुनरनिर्माण र त्यससंगै बर्षौ अगाडीदेखि खानेपानीको अभाव झेल्दै आएका दलित बस्तीले नयाँ घरसंगै घर÷घरमा खानेपानीको धारा सहितको शुद्ध पिउने पानीको सुविधा पाएपछि त्यहाँका समुदाय खुशि देखिएका हुन् ।

‘२०७२ बैशाखमा गएको भूकम्पले घरहरु सबै भत्काएपछि हामी झन् ठूलो समस्यामा थियौ ।’–उपभोक्त समितिका अध्यक्ष ठुलाकान्छा सार्कीले भने ‘दलित समुदाय भएको ठाउँमा खानेपानीको धारा आँगन आँगनमा नै आएसँगै हर्षित भएका छौ ।’ उनिहरुलाई दूई÷साँढे दूई घण्टाको लामो बाटो हिडेर कुन्तावेशी या कुवापानी भन्ने ठाउँमा पानी लिन जानुपर्ने वाध्यताको अन्त्य भएको छ । खेर जाने पानीलाई पोखरी बनाई स्थानीयले करेसाबारीमा तरकारी खेति समेत गर्न थालेका छन


ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्ड बोर्ड)को आर्थिक सहयोगमा शान्ति जनआर्दश सेवा केन्द्रको समन्वयमा नै ५५ वटा घरमा खानेपानीको धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेपछि त्यहाँका स्थानीयबासीमा खुशि छाएको हो ।

समुदायको श्रमदान सहित गरी कुल ३९ लाख ७२ हजार ७९५ रुपैयाको लागतमा सो आयोजना निर्माण कार्य सम्पन्न भएको आयोजनाले जितरपोखरीमा रहेको ५५ घरधुरीका २४४ जना बासिन्दा लाभान्वित भएका छन् । दूई वटा मुहान, दूई वटा ट्याङ्की र ५५ वटा धारा निर्माण कार्य सम्पन्न गरी समुदायलाई हस्तारण गरिएको छ । एक मिनेटमा सरदर ४ लि पानी आउने र प्रत्येक घरलाई एक पटकमा १ सय २० लि पानि उपलब्ध हुने प्राविधिक अर्जुन भुजेलले जानकारी दिए ।


साथै उक्त ५५ परिवारको समुदायलाई नेपालको दोश्रो पूर्ण सरसफाई उन्मुख गाउँ समेत घोषणा गरिएको छ । रातो, पहेँलो पार गर्दै यस भेगका ५५ घरधुरीलेनै हरियो कार्ड प्राप्त गरेपछि पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।खानेपानी आयोजनाको राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलवावु श्रेष्ठले उद्घाटन गरे ।

कार्यक्रममा फण्डबोर्डका बोर्ड सदस्य ढुण्डिराज दाहाल र मन दाहाल, काभ्रे जिल्ला समन्वय समितिका सभापति उद्धव केसी, मण्डन देउपुर लगरपालिकाका मेयर टोकबहादुर वाईवा, फण्डबोर्डका कार्यकारी निर्देशक भुपेन्द्र अर्याल, स्थानिय समन्वय अधिकारी कोमल प्रसाद धमला, शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, वडा अध्यक्षहरु विष्णुमणी नेपाल र जितबहादुर लामाले पानीको महत्वबारे मन्तब्य राखेका थिए ।कार्यक्रममा खानेपानीको लागि खटिने तथा सरसफाई अभियानबारे खटिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

-अनलाईन काभ्रे बाट

5310
Shares

ट्रेन्डिङ