सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • गैसस काभ्रेको अध्यक्षमा सापकोटा निर्वाचित

गैसस काभ्रेको अध्यक्षमा सापकोटा निर्वाचित

5545
Shares
गैसस काभ्रेको अध्यक्षमा सापकोटा निर्वाचित

रवि धिताल 

काभ्रे, २२ बैशाख : गैर सरकारी संस्था महासंघ काभ्रे शाखाको अध्यक्षमा टोम प्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार धुलिखेलमा सम्पन्न ८ औ जिल्ला अधिवेशनले अध्यक्षमा सापकोटा सहित सबै पदाधिकारी सर्वसम्मत चयन गरेको हो । गैसस काभ्रे शाखाको उपाध्यक्षमा दावा घिसिङ, सचिवमा गुणराज मुक्तान, सह सचिवमा शान्ता अर्याल र कोषाध्यक्षमा गंगा दोङ सर्वसम्मत चयन भएका हुन् ।

सदस्यहरुमा शान्ति लामा, कमल प्रसाद बञ्जरा, निर्मला गौतम, राजकुमार तामाङ, रिता मानन्धर, खुसराज लामा, रामकृष्ण चापागाई, सुमन खड्का, चमार सिं लामा र प्रकाश रोक्का सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गरेका थिए ।

उनले गैर सरकारी संस्थाहरुलाई थप ब्यवस्थित गर्न जरुरी रहेको बताए । ‘केहि गैर सरकारी संघसंस्थाहरु राज्य नै हामी हो भन्ने ढंगले काम गरिरहेको पाइएको छ, उनले भने ‘राज्य भन्दा माथि कोहि पनि हुन सक्दैन् ।’ कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष जीत राम लामाले संघसंस्था दर्ता ऐन अनुसार नै दर्ता भएर सञ्चालनमा रहेकाले शंका गर्नुपर्ने ठाउँ नरहेको बताए । ‘हामीले राज्यलाई नै सघाउँने हो, उनले भने ‘समाज रुपान्तरणमा गैर सरकारी संस्थाले खेलेको भूमिकालाई बिर्सन मिल्दैन् ।

5545
Shares

ट्रेन्डिङ