सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • प्रभु अस्पतालको लापरवाहीको कारण प्रसुती गराउन आएकी एक महिलाको मृत्यु

प्रभु अस्पतालको लापरवाहीको कारण प्रसुती गराउन आएकी एक महिलाको मृत्यु

4770
Shares
प्रभु अस्पतालको लापरवाहीको कारण प्रसुती गराउन आएकी एक महिलाको मृत्यु

सुनिल श्रेष्ठ , पुष , ११ ,     वीरगंजमा रहेको प्रभु अस्पतालको लापरवाहीको कारणले प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएको छ । मृतक अमृताको घर बाराको कलैयामा रहेको तर हाल उनी माइतीघर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन भर्ना भएकी थिइन् तथा मंगलबार नै अस्पतालको डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी र डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् ।

यसैबीच बुधबार उनको अचानक पिसाब रोकिएको तथा धडकन नचलेको कारणले निज अमृतालाई अस्पतालले भेन्टिलेटरमा समेत राखेको थियो । भेन्टिलेटरमा राखेपनि निज अमृतको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् ।

अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप अमृताको आफन्तजनको रहेको छ । अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको अवस्था चिन्ताजनक भएपछि उसका आफन्तजनले रेफर गराई उपचारका लागि भरतपुर लगेका थिए ।

4770
Shares

ट्रेन्डिङ