सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चार लाख रुपैयासहित ३ हुण्डी कारोबारी पक्राउ

चार लाख रुपैयासहित ३ हुण्डी कारोबारी पक्राउ

5700
Shares
चार लाख रुपैयासहित ३ हुण्डी कारोबारी पक्राउ

 सुनिल श्रेष्ठ

वीरगन्ज, पुष , ११ , पर्सा प्रहरीले बिहिबार ४ लाख रुपैयाँ नगदसहित ३ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका २ जनालाई ४ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घर भएका ४४ वर्षीय सुशील कुमार शर्मा र सोही ठाउँकी १८ वर्षीया सरोजनी कुमारी छन् । प्रहरीका अनुसार उनीहरु ना २९ प ८५९५ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका थिए ।

प्रहरीसँगको बयानका क्रममा उनीहरुले उक्त पैसा वीरगन्जको आदर्शनगरस्थित आकृति कस्मेटिक पसलका सञ्चालक राज कुमार अग्रवाललाई दिन ल्याएको बताएका छन् । उनीहरुको बयानका आधारमा प्रहरीले आकृति कस्मेटिक पसलका सञ्चालक अग्रवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

5700
Shares

ट्रेन्डिङ