सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • फुटपाटमा रहेका हरुका लागी बिरगंजका युवाले गरे कम्बल र म्याट बितरण

फुटपाटमा रहेका हरुका लागी बिरगंजका युवाले गरे कम्बल र म्याट बितरण

5950
Shares
फुटपाटमा रहेका हरुका लागी बिरगंजका युवाले गरे कम्बल र म्याट बितरण

सुनिल श्रेष्ठ ,
पर्सा , पुष , १४ ,   युवा वचन सस्था बिरगंजद्वारा आइतबार दोस्रो दिन पनि बिरगंजमा रात्रीकालिन फुटपाटमा रहेका गरिब , असहायहरुको लागी कम्बल , म्याट , चाउचाउ , बिस्कुट र पानी बितरण गरेको छ ।आइतबार बेलुकी ९:०० बजे देखि ११:३० बजे सम्म आदर्शनगर देखि घन्टाघर , नया बसपार्क , बाईपास , प्रतिमा चौक , पावर हाउस चौक , मुर्ली चौक सम्ममा रहेका खुल्ला आकास मुनि बसेका असहाय , गरिब , रिक्सा चालकहरुलाई कम्बल , म्याट , चाउचाउ , बिस्कुट , पानी र चियाको समेत व्यवस्था गरेको थियो ।

त्यसै गरि अन्तिममा नारायणी अस्पतालमामा रहेका बिरामी कुरुवाहरुलाई पनि कम्बल , म्याट , चाउचाउ , बिस्कुट , पानी र चिया बितरण गरेको थियो ।युवा वचन बिरगंज सस्थाका संयोजक पियुष कादमियाको नेतुत्वमा गएको टोलिहरुमा मानव सेवा आश्रम बिरगंजका दिवेश गुप्ता , भोलेन्टियर बिरगंजका संयोजक राजन श्रीवास्तव , सचिब श्याम सरार्फ , किशु सरार्फ , कमलेश कुस्वाह , दिलपाल साह , बिक्की सरार्फ , आस्था नेपाल पुर्न्स्थापन केन्द्र बिरगंजका अजित राई , युवा वचन सस्थाका हर्ष कादमिया , रिषभ अग्रवाल , सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार , जाकिर हुसेन र वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी सहायक निरीक्षक रामदरेश यादवको टोलिहरुको सहभागीता रहेको थियो ।

त्यसै गरि कम्बल बितरण कार्यक्रम ५ दिन सम्म चल्ने सस्थाका कादमियाले जानकारी गराएका थिए ।

5950
Shares

ट्रेन्डिङ