सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु , महोत्सब कार्तिक ४ सम्म चल्ने

उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु , महोत्सब कार्तिक ४ सम्म चल्ने

1415
Shares
उग्रेश्वर मन्दिर परिसरमा बनेपा महोत्सव सुरु , महोत्सब कार्तिक ४ सम्म चल्ने

काभ्रे :- शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ ।‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो । महोत्सब आज बनेपा नगरपालिका विभिन्न झाकी सहितको र्यालीले नगर परिक्रमा गर्दै बाग्मती प्रदेशका खानेपानी तथा सिंचाई मन्त्रि तिर्थ लामाको प्रमुख आतिथ्यतामा सुरु भएको छैन।

कार्तिक ४ गतेसम्म चल्ने महोत्सवको बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थबहादुर लामाले उद्धघाटन गरेका हुन् । उद्धघाटन अघि बनेपा पार्टी भेन्यु देखि बनेपा बजार परिक्रमा गर्दै महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच , झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा ¥याली गरिएको थियो।

महोत्सवमा बिभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजक सस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिए ।

सोहि महोत्सबको को समुद्घाटन गर्दै मन्त्रि लामाले चाडपर्व लक्षित यो महोत्सब सफलताको शुभकामना ब्यक्त गर्दै यो महोत्सबले आम काभ्रेली जनताको आर्थिक उन्नति र प्रगतिका लागि समेत महोत्स्सबले अत्यन्तै महत्वपुण भूमिका खेल्ने विस्वास ब्यक्त गरेका हुन् । यो महोत्सबले आम काभ्रेलि जनताको सबैखाले आयाम थप्न मदत गर्ने उल्लेख गरे। काभ्रेको आर्थिक चलायमान बनाउन समेत महोत्सबले मदत गर्ने पनि मन्त्रि लामाले विस्वास ब्यक्त गरेका थिए।

1415
Shares

ट्रेन्डिङ