सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिकाको क्वारेन्टाइनमा ३२ जना

धुलिखेल नगरपालिकाको क्वारेन्टाइनमा ३२ जना

7185
Shares
धुलिखेल नगरपालिकाको क्वारेन्टाइनमा  ३२ जना

धुलिखेल: धुलिखेलको संञ्जीवनी माध्यमिक विद्यालयमा बनाईएको क्वारेन्टाइनमा आज ३२ जना रहेका छन् । २७ जना पुरुष र ५ जना महिला गरी ३२ जना क्वारेन्टाईनमा रहेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा ९९ जना रहेका छन् । हालसम्म सञ्जिवनी क्वारेन्टाइनमा धुलिखेल सहित काभ्रेको अन्य स्थानीय तहहरुका गरी ८० जना बसिसकेका छन् । क्वारेन्टाइन बस्नेहरु मध्ये १६ जनाको मात्र पिसिआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गर्न बाँकी छ । अन्य सबैको पिसिआर गरिएको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइनमा रहेका सबै भारतबाट आएका ब्यक्ति छ । सञ्जिवनीमा हाल ६५ बेडको क्वारेन्टाईन छ । थप एक सय बेडको क्वारेन्टाइन बनाउने योजाना अनुसार नगरपालिकाले तयारी गरिरहेको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । आज धुलिखेल अस्तालको आइसोलेसनमा एक जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकार दिनुभयो ।

7185
Shares

ट्रेन्डिङ