सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • क्वारेन्टिनबाट घर फर्केका एक जनाको मृत्यु

क्वारेन्टिनबाट घर फर्केका एक जनाको मृत्यु

5440
Shares
क्वारेन्टिनबाट घर फर्केका एक जनाको मृत्यु

काठमाडौं, जेठ २६ : महोत्तरीमा शनिवार क्वारेन्टिनबाट घर फर्केका एक जनाको पुरूषको मृत्यु भएको छ। गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनी महोत्तरीको गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा लगभग १८ दिन बसेका थिए। भारतबाट फर्केका उनीलगायत २६ जनाको पिसिआर परीक्षण गर्दा मृतक पुरुषसहित २० जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए।

उनले भने ‘उनीलगायत अन्य २० जनाको रिपोर्ट नेगेटिभ आएपछि हामीले उनीहरुलाई शनिबार घर पठाएका थियौँ, आइतबार बेलुका उनको मृत्यु भएको छ।’ उनीहरु मध्ये ३ जनाको रिपोर्ट आज आउने नगरप्रमुख महतोले सेतोपाटीलाई बताए।उनले भने ‘बाँकी ३ जनाको रिपोर्ट आज आउँदै छ, २६ जनै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि काठमाण्डौँको टेकु अस्पतालमा पठाइएको थियो।’

क्वारेन्टिनबाट फर्केका ती ४० वर्षीय पुरुषको मृत्यु भएपछि फेरी पनि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने मेयर महतोले बताए।उनले भने ‘पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो, तर उनको मृत्यु भयो अब फेरी पनि हामी उनको स्वाब परीक्षणका लागि टेकु पठाउने छौँ।’यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले मृतक पुरुष मदिरा खाँदै आएकाले उनको मृत्यु कालगतिले नै भएको दाबी गरेका छन्। उनले भने ‘यसलाई इस्यू बनाउनुपर्ने केही कुरा छैन्, उनी धेरै मदिरा पिउने गर्दथे, हिजो पनि दिनभर खाना नखाई मदिरा पिएका थिए। त्यसैले उनको मृत्यु कालगतिले नै भएको हो।’

5440
Shares

ट्रेन्डिङ