सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेकपा काभ्रेका अध्यक्ष र सचिवको आग्रह इन्चार्ज बाँस्कोटाद्वारा अटेर

नेकपा काभ्रेका अध्यक्ष र सचिवको आग्रह इन्चार्ज बाँस्कोटाद्वारा अटेर

6520
Shares
नेकपा काभ्रेका अध्यक्ष र सचिवको आग्रह इन्चार्ज बाँस्कोटाद्वारा अटेर

धुलिखेल, ३१ साउनः सत्तारुढ दल नेकपा काभ्रेका अध्यक्ष र सचिवले गरेको आग्रह जिल्ला पार्टी इन्चार्ज गोकुल बाँस्कोटाले अवज्ञा गरेको पाइएको छ । पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहनुभएका बाँस्कोटा पार्टी अध्यक्ष र सचिवको आग्रहलाई सत्याउँदै आज पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीमा अगुवा कार्यकर्ता भेलामा सहभागि हुनुभएको हो ।

जिल्लामा समुदाय स्तरमै कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि हिजो पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाइबाले विज्ञप्ति मार्फत पार्टी मातहातका सबै जनवर्गीय संघ संगठनलाई कुनै पनि बैठक, भेला, सभा, आमसभा, गोष्ठी जस्ता जमघट हुने कुनै प्रकारका कार्यक्रम आयोजना नगर्न र सहभागि नहुन अपिल गर्नुभएको थियो ।

तर पार्टी इन्चार्ज बाँस्कोटाले उक्त अपिलको धज्जी उठाउँदै अन्य पार्टीकालाई समेत नेकपामा प्रवेश गराउनुभएको छ । बाँस्कोटासँगै कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदी, प्रदेश सांसद बसुन्धरा हुमागाई, नगरप्रमुख भिमप्रसाद न्यौपाने, उपप्रमुख गीता बञ्जारा लगायतका नेताहरु सहभागि हुन पुगेका थिए । कार्यक्रमपछि सार्वजनिक गरिएको फोटोमा उनीहरुले मास्कको भने प्रयोग गरेको पाइएको छ ।

तर जिल्ला प्रशासन कार्यालयसँगै आफ्नै पार्टीले जारी गरेको निर्देशन समेत पालना नगर्दा सामाजिक सञ्जालमा भने टिकाटिप्पणी सुरु भएको छ । पार्टी जिल्ला अध्यक्ष र सचिवले अर्को सूचना जारी नहुदाँसम्म कुनै प्रकारका कार्यक्रम नगर्न अपिल गर्नुभएको थियो ।

6520
Shares

ट्रेन्डिङ