सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ज्यान जोगाउन श्रीमती भागेपछि सासुको हत्या

ज्यान जोगाउन श्रीमती भागेपछि सासुको हत्या

4860
Shares
ज्यान जोगाउन श्रीमती भागेपछि सासुको हत्या

जेठ २९, हेटौंडा : मकवानपुरगढी गाउँपालिकामा बुधबार राति एक बृद्धाको हत्या भएको छ। आफ्नै ज्वाईँले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको हो। मकवानपुरगढी-१ फुलबारीमा ७२ वर्षीया कान्छीमाया भोम्जनको हत्या भएको हो।

उनका सहोदर ज्वाईँ ३९ वर्षका पदमबहादुर नेपालीले हत्या गरेको मकवानपुर गढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष आइतसिं लोले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार टाउकोमा धारिलो हतियार प्रयोग भएको छ। उनको शव घरमै रहेको छ। घटनाबारे जानकारी पाए लगत्तै प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाको टोली घटनास्थल पुगेको छ।

राती प्युठान घर भएका ज्वाईँ नेपालीले गएराती अत्याधिक मदिरा सेवन गरी हातपात गरेपछि श्रीमती भागेर दाईको घर गएकी र श्रीमती गएपछि सासुसँग झगडा गरी हत्या गरेको बुझिएको वडाध्यक्ष लोले बताए। हत्या पश्चात स्थानीय युवाहरुले हत्या गर्ने ज्वाईँलाई बाँधेर प्रहरीलाई खबर गरेका थिए।

4860
Shares

ट्रेन्डिङ