सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मोटरसाइकलमा जोर–बिजोर लागू नहुने

मोटरसाइकलमा जोर–बिजोर लागू नहुने

6410
Shares
मोटरसाइकलमा जोर–बिजोर लागू नहुने

काठमाडौं । ‘लकडाउन’ खुकुलो गरेसँगै सरकारले निजी सवारी–साधनहरु सञ्चालनका लागि पनि केही नियमहरु बनाएको छ ।जेठ ३० गतेदेखि लागू भएको नियमबारे कतिपय सवारीचालकहरुलाई थाहा नभएको पाइएको छ भने कतिपयले भने चलाखीपूर्वक ट्राफिक प्रहरीलाई छल्ने गरेका छन् ।

सडकमा खटिएका सुरक्षाकर्मीहरुले लकडाउनको नयाँ ‘मोडालिटी’विपरीत मोटरसाइकलमा दुईजना सवार भएकोमा पछाडि बस्नेलाई ओराल्ने गरेको छ । तर, त्योपनि सवार व्यक्तिहरुको प्रकृति हेरेर ।

यस्तै, चारपांग्रे सवारी–साधनको हकमा तीनजनाभन्दा बढी चढेको पाइएमा गाडीबाट ओराल्नेमात्र नभइ गाडी नै ‘होल्ड’ गरी कारबाही गर्न थालिएको छ ।कोराना संक्रमण नियन्त्रण गर्न मोटरसाइकलमा एकजनामात्रै चढ्ने र चारपांग्रेमा तीनजनामात्रै चढ्ने नियम ठिकै होला । सरकारको नियम चित्त नबुझेपनि पालना गर्नु बाध्यता भएको उनीहरुको भनाइ छ ।त्यसो त सवारी–साधन चलाउनेहरु आफैंपनि सचेत रहेको पाइन्छ ।

कोरोना संक्रमणपछि परिवारभन्दा बाहिरको वा विश्वस्त मान्छेबाहेकलाई ‘लिफ्ट’ दिनु आफ्नै लागि खतरा हो भन्ने बुझेका चालकहरु सरकारको नियम उपयुक्त नभएको गुनासो गर्दछन् ।उक्त नियम लागू गराउनु आफूहरुको दायित्व भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए ।

मोटरसाइकलको हकमा भने जोर–बिजोर प्रणाली लागू नहुने पनि श्रेष्ठले जानकारी दिए ।निजी सवारी–साधन चलाउन खुला गरिएपनि एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । तर, उपत्यकाको हकमा भने तीनवटै जिल्लामा एक जिल्ला मानिएको छ । बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म भने निजी सवारी–साधनहरु चलाउन रोक लगाइएको छ ।

6410
Shares

ट्रेन्डिङ